Lucky-Khabar_

महानगरको शिक्षा शाखाले दरबन्दी मिलानको नाममा आथिर्क, आफन्त र व्यक्ति मिलान गरिरहेको छ:नेपाल शिक्षक महासंघ वीरगञ्ज

८ भदौ,वीरगञ्ज । बीरगन्ज महानगरको शिक्षा शाखाले दरबन्दी मिलानको नाममा गरिरहेको अनियमिततबारे नेपाल शिक्षक महासंघ पर्साले पत्रकार सम्मेलनको आयोजना गरेको छ ।

content ad p2

शिक्षकहरुको दरबन्दी मिलानको नाममा महानगरको महाशाखाले पछिल्लो समय व्यक्ति, मिलान, आर्थिक मिलान, आफन्त मिलान र स्वजातीय मिलान गरी भ्रष्टचार भइरहेको पत्रकार सम्मेलनमार्फत जनाएको छ ।

वीरगञ्ज महानगरको शैक्षिक प्रशासन महाशाखा प्रमुख अरबिन्दलाल कर्णले दरबन्दी मिलानको नाममा आर्थिक मिलान गरिरहेको पत्रकार सम्मेलनमार्फत आरोप लगाइएको छ । शिक्षक महासंघका अध्यक्ष तीर्थराज यादवका अनुसार शैक्षिक महाशाखा प्रमुख कर्णले भनेबमोजिम शुल्क बुझाइएन भने त्यो शिक्षकको दरबन्दी मिलानमा अन्यत्र सरुवा हुने गरेको छ ।

पछिल्लो समय यो विषय महानगरका शिक्षकहरुम जटिल समस्याको रुपमा देखा परेको उनको भनाइ छ । उनी भन्छन्, ‘शैक्षिक महाशाखा प्रमुख कर्णले लेनदेनको आधारमा दरबन्दी मिलान गर्ने गरेका छन्, अझ भन्ने हो भने त्यसलाई सामान्य भाषामा व्यक्ति मिलान, आफन्त मिलान बुझ्नु पर्छ । यसरी दरबन्दी मिलान गरेर अकुत पैसा आर्जन गर्ने काम भइरहेको पर्याप्त गुनासाहरु छन् ।’

शिक्षा महाशाखाले ऐन कानून र शिक्षा नियमावलीको विपरीत दरबन्दी मिलान झरुवा, घटुवा र सरुवाका अतिरिक्त अपारदर्शी निर्णय गरिरहेको पत्रकार सम्मेलनमा सहभागी शिक्षकहरुको तर्क छ । त्यसकारण दरबन्दी मिलानको नाममा चलाइएको लुटतन्त्रको अन्त्य नगरिए चरणबद्ध आन्दोलन गर्न आफूहरु तयार रहेको शिक्षक महासंघ पर्साले घोषणा गरेको छ । शिक्षा महाशाखाबाट जिन्सी तथा अन्य खरिदविक्रीमा चरम भ्रष्टचार भइरहेको दुखेसो पोखिएको छ ।

पत्रकार सम्मेलनमा प्रदीप जैसवाल, शिवनाथ थारु, बिनोद गिरि, सुमु प्रसाद सोनार नेपाल शिक्षक संघ शिक्षक संगठन र महासंघका अगुवा तथा विभिन्न संघसंस्थाका प्रतिनिधहरु सहभागीता थियो ।

सम्बन्धित खबर

प्याब्सन पर्सा र प्याब्सन बीरगञ्जको आयोजनामा संविधान दिवसमा विद्यार्थीका लागि वक्तृत्वकला प्रतियोगिता आयोजना हुने

लक्की खबर

बाढीपीडितको उद्धारमा चिकित्सकको चेतावनी: घाइते भेटिए तत्काल अपनाउनुहोस् यी जीवनरक्षक उपाय

लक्की खबर

मेहनत र अनुशासनले सुरक्षा निकायका पाँच पदमा सफलता, धिराजन परियार बने प्रेरणाका पात्र

लक्की खबर