Lucky-Khabar_

आजदेखि रास्वपाद्वारा ‘आत्मनिर्भर नेपाल अभियान’ सुरु

८भदौ,वीरगञ्ज ।आजदेखि राष्ट्रिय स्वतन्त्र पार्टीले‘आत्मनिर्भर नेपाल अभियान’ सुरु गरेको छ। पार्टीको केन्द्रीय कार्यालय बनस्थलीमा दिउँसो १ बजे आयोजित विशेष कार्यक्रमका साथ यो अभियानको आरम्भ भएको हो।

रास्वपाको केन्द्रीय स्टार्टअप तथा नवप्रवर्तन विभाग, उद्योग तथा वाणिज्य विभाग, उत्पादन प्रवर्द्धन विभाग, कृषि विभाग, र अनुसन्धान तथा अभिलेखीकरण विभागको संयोजनमा यो अभियान सञ्चालन भएको हो। पार्टीले ‘अबको राजनीति आर्थिक समृद्धिका लागि’ भन्ने नाराका साथ यो अभियानको थालनी गरेको छ।

अभियानका क्रममा महावीर पुनको नेतृत्वमा रहेको राष्ट्रिय आविष्कार केन्द्रका उत्पादनदेखि नेपालमा निर्मित सामग्रीहरू जस्तै जुत्ता, कपडा, हस्तकलाका सामानहरू प्रदर्शनीमा राखिएका छन्। साथै नेपाली उत्पादनहरूको प्रवर्द्धन गर्दै विभिन्न स्टल प्रदर्शनीको आयोजना गरिने छ भने आर्थिक नीति सम्बन्धी मन्थनहरू समेत गरिनेछ। त्यस्तै प्रदर्शनीमा ३० थरिका उत्पादनहरू राखिने योजना रहेको छ।

content ad p2

रास्वपाले प्रदेश तहमा समेत ‘आत्मनिर्भर नेपाल अभियान’ सञ्चालन गर्ने कार्यतालिका बनाएको छ। यस अभियानले नेपाली उत्पादनहरूलाई बजार पाउने अवसर प्रदान गर्ने विश्वास पार्टीले व्यक्त गरेको छ।
पार्टीको अभियानको संयोजन केन्द्रीय सदस्य डा. प्रभात अधिकारी, सांसद गणेश पराजुली, सांसद मनिष झा, केन्द्रीय सदस्य रामकृष्ण भट्टराई र सांसद अशोक कुमार चौधरीले गरेका छन्।

सम्बन्धित खबर

विशेष अदालतको फैसला : वीरगञ्जका मेयर राजेशमान सिंहसहित सात जनाले पाए सफाइ

लक्की खबर

प्याब्सन पर्सा र प्याब्सन बीरगञ्जको आयोजनामा संविधान दिवसमा विद्यार्थीका लागि वक्तृत्वकला प्रतियोगिता आयोजना हुने

लक्की खबर

बैरगनियामा बौद्धिक परिषद् रौतहटका अध्यक्ष झामाथि कुटपिटको आरोप

लक्की खबर