Lucky-Khabar_

मर्स्याङ्दी नदीमा बस दुर्घटनाका घाइते यात्रीहरूलाई भेट्न भारतबाट केन्द्रीय मन्त्रीआउँदै

८भदौ,काठमाडौं-तनहुँको आँबुखैरेनी गाउँपालिका-२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा शुक्रबार भएको बस दुर्घटनामा घाइते यात्रीहरूलाई भेट्न र मृतक शवहरू लिएर जान भारत सरकारले एक केन्द्रीय मन्त्रीलाई काठमाडौँ पठाउने भएको छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निर्देशनमा सरकारकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा खडसे आज बिहान काठमाडौँ आउने भएकी छिन । साथमा महाराष्ट्र जलगांवका एकजना विधायक पनि आउने जानकारी भएको छ ।

content ad p2

घाइते १६ भारतीय यात्रीको महाराजगंजस्थित टीचिंग अस्पतालमा उपचार हुदैछ । घाइते यात्रुको उपचारको लागि टीचिंग अस्पताल प्रशासनले विशेष व्यवस्था गरेको छ । सामान्य घाइते भएका ३ जनालाई काठमाडौँस्थित भारतीय दूतावासको समन्वयमा गोरखा निवास गेस्ट हाउसमा राखिएको छ ।

पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट यु.पी ५३ एफ.टी.७६२३ नम्बरको बस मस्र्याङ्दी नदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो । जसमध्ये २६ जनाको आँबुखैरेनी र १ जनाको चितवनमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले बताएको छ ।

सम्बन्धित खबर

फर्जी सदस्यता विवाद भिक्टोरिया सर्वोच्च अदालतमा, एनआरएनए अष्ट्रेलिया रिट प्रकरणमा प्रमाण पेश गर्न आदेश

लक्की खबर

भारतीय एसएसबीले भत्कायो नेपाली भूमि सुस्तामा छिरेर निर्माणाधीन बाँध

लक्की खबर

हमासको हतियार बिसाउने सहमतिलाई पाकिस्तानको स्वागत

लक्की खबर