८ भदौ,। बाघको आक्रमणमा परेर पर्साको पटेर्वासुगौली जिराभवानी गाउँपालिकामा एक जना वृद्धको मृत्यु भएको छ । मृत्यु हुने नम्बर ५ शंकर सखुवनियाका ६० वर्षिय तुलसी राउत थारु भएको प्रहरीले बाताएको छ ।

थारु घाँस काट्न गाउँनजिकैको जङ्गलमा शुक्रबार अपरान्ह गएका थिए । त्यस बेला बाघको आक्रमणमा परेर उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक मोहनजङ्ग बुढाथापाले जानकारी दिए ।
दाहिने खुट्टा र बाँया हात बाघले खाएको अवस्थामा थारुको शव आज विहान फेला परेको प्रहरी निरीक्षक बुढाथापाले बताए । शुक्रबार (हिजो) देखि बेपत्ता रहेका थारुको शव आज विहान सुगिभार नजिकको नर्सरीमा फेला परेको
थारु शुक्रबार अपरान्ह घरबाट घाँस काट्न जङ्गल गएका थिए । उनी अबेर रातिसम्म पनि घर नफर्के पछि स्थानियले आज विहान उनलाई खोज्न जङ्गलमा पुगे । खोज्ने क्रममा एक/एक हात खुट्टा नरहेको अवस्थामा उनको शव फेला परयो ।
जङ्गलको नर्सरीमा शव फेला परेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए । ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका टोली शवस्थलमा पुगेर मुचुल्का उठाई शव परिक्षण (पोष्टमार्टम) गर्न वीरगञ्ज स्थित नारायणी अस्पतालमा पठाएको प्रहरी निरिक्षक मोहनजङ्ग बुढाथापाले जानकारी गराए।


