Lucky-Khabar_

रौतहटमा अश्लीलता झल्किने भोजपुरी गीतमा नाचगान गर्न रोक

७भदौ,रौतहट । चाडपर्वको नाममा अश्लीलता झल्किने भोजपुरी गीतमा नाचगान गर्न जिल्ला प्रहरी कार्यालय रौतहटले कडा कदम चालेको छ। हिजो बिहीबार एक सूचना जारी गर्दै जिल्ला प्रहरी कार्यालयकी प्रहरी नायब उपरीक्षक एलिजा गिरीले यस्तो गतिविधिमा रोक लगाइएको बताएकी छिन्।

content ad p2

सार्वजनिक सूचनामा भनिएको छ कि चाडपर्वको अवसरमा कुनै पनि प्रकारको अश्लीलता झल्किने भोजपुरी गीत गाउने, लवण्डा नचाउने, आर्केस्ट्रा आयोजना गर्ने, वा मनोरञ्जनका नाममा जुवातास खेलाउने गतिविधि अनुमतिविना गर्न नपाइने छ।

प्रहरीका अनुसार चाडपर्वमा समुदायमा अश्लीलता र असामाजिक गतिविधिहरू फैलिन नदिन र सामाजिक सद्भाव कायम राख्नको लागि यो कदम चालेको छ। यसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबैलाई प्रहरीले सहयोग गर्न अपिल गरेको छ।

सम्बन्धित खबर

पर्सागढी–४ मा कंस वध मेला–२०८३ सुरु:प्रमुख अथिति सांसद साहद्वारा उद्घाटन

लक्की खबर

NRN युवती दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, इतिहासमा पहिलो गैरआवासीय नेपाली विजेता

लक्की खबर

सिनेमा हलमा भिडियो खिचेर सामाजिक सञ्जालमा पोस्ट नगर्न चलचित्र विकास बोर्डको चेतावनी

लक्की खबर