Lucky-Khabar_

बाराको पचरौता(इनरवा)मा खानेपानीको पाइप काटिएको आरोप, नगरप्रमुखमले प्रतिशोधपूर्ण राजनीति गरेको स्थानीयको दाबी

कलैया। पचरौता नगरपालिकाको वडा अन्तर्गत पर्ने इनरवा गाउँमा जडान गरिएको खानेपानीको पाइप नगरप्रमुख जलन्धर सिंह(पटेल)को निर्देशनमा काटिएको भन्दै स्थानीयवासीले गम्भीर आरोप लगाएका छन्।

content ad p2

स्थानीयका अनुसार, हालै सम्पन्न निर्वाचनमा आफूलाई मत नदिएको रिस साँध्न नगरप्रमुखको निर्देशनमा खानेपानीको पाइप काटिएको हो। उनीहरूले यस्तो कार्य जनप्रतिनिधिको जिम्मेवारी र लोकतान्त्रिक मूल्य–मान्यताविपरीत भएको बताएका छन्।

स्थानीयले खानेपानीजस्तो आधारभूत सेवामा राजनीतिक प्रतिशोध साँधिएको आरोप लगाउँदै घटनाको निष्पक्ष छानबिन तथा दोषीमाथि कानुनी कारबाहीको माग गरेका छन्। उनीहरूका अनुसार विकासका योजना, कृषि सामग्री तथा अन्य सार्वजनिक सेवासमेत राजनीतिक आस्थाका आधारमा वितरण हुने प्रवृत्तिप्रति पनि असन्तुष्टि बढ्दै गएको छ।

नगरप्रमुख सिंहले जहिलेपनि पचारौताको जनताले पाउने सेवासुविधामा भोटको रिस्वि राखी आफ्नो आसेपासेलाई मात्र दिने गर्छ भनि स्थानीयवासीको दुखेसो छ |

यद्यपि, नगरप्रमुख वा पचरौता नगरपालिकाको आधिकारिक प्रतिक्रिया भने प्राप्त हुन सकेको छैन। आरोपबारे सम्बन्धित पक्षको धारणा प्राप्त भएपछि समाचार अद्यावधिक गरिनेछ।यस घटनाबारे सत्यतथ्य सार्वजनिक गर्न सम्बन्धित निकायले निष्पक्ष छानबिन गर्नुपर्ने माग स्थानीयले गरेका छन्।

सम्बन्धित खबर

भारतीय राजदूत नवीन श्रीवास्तवलाई वीरगञ्जमा बिदाइ

लक्की खबर

बाढीपीडितका लागि शंकर ग्रुपको ४ करोड सहयोग, २ हजार ५ सय टार्पोलिन टेन्ट वितरण

लक्की खबर

पर्सागढी–४ मा कंस वध मेला–२०८३ सुरु:प्रमुख अथिति सांसद साहद्वारा उद्घाटन

लक्की खबर