Lucky-Khabar_

सांसद डा. अमरेश कुमार सिंहमाथि सर्लाहीमा ढुंगामुढा, सुरक्षाकर्मी र कार्यकर्ताहरू घाइते

१९भदौ,सर्लाही । सर्लाही जिल्लाको धनकौल गाउँपालिकाको वडा नम्बर २ मा आफ्नो निर्वाचन क्षेत्र भ्रमणका क्रममा कार्यकर्ताको घरमा भोजन गरिरहेका बेला संघीय सांसद डा. अमरेश कुमार सिंहमाथि ढुंगामुढा सहित उनीमाथि आक्रमण भएको हो।
डा. सिंहले धनकौलका आफ्ना समर्थक विलासी साहको घरमा दिवा भोजन गर्दै गर्दा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूले अचानक ढुंगामुढा सुरु गरेको आरोप लगाएका छन्। आक्रमणका क्रममा गाउँपालिका अध्यक्ष रामश्रेय साह, प्रदेश सांसद एवं पूर्वमन्त्री वीरेन्द्र प्रसाद सिंहको निर्देशनमा कांग्रेसका स्थानीय नेताहरूले यो हमला गराएको सांसद सिंहको दाबी छ।

ढुंगामुढाको घटनामा सांसद सिंहलाई सुरक्षा प्रदान गरिरहेका सशस्त्र र नेपाल प्रहरीका सुरक्षाकर्मीहरू सहित उनका केही कार्यकर्ताहरू घाइते भई सामान्य उपचार भइरहेको जानकारी प्राप्त भएको छ।

content ad p2

नेपाली कांग्रेसका नेताहरूले भने सांसद सिंहको उत्तेजनात्मक भाषणपछि स्थानीयवासिन्दा आक्रोशित भएको दाबी गरेका छन्। घटनामा पूर्वमन्त्री सिंहका भतिजसमेतको संलग्नता रहेको आरोप लगाइएको छ।

सांसद डा. सिंह दुई पटक नेपाली कांग्रेसको टिकटबाट सर्लाही जिल्लामा प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए। तर, पछिल्लो निर्वाचनमा कांग्रेसले उनलाई टिकट नदिएपछि उनले स्वतन्त्र उम्मेदवारका रूपमा चुनाव लडेर जीत हासिल गरेका थिए।
आफ्नो निर्वाचन क्षेत्रमा शिक्षा, स्वास्थ्य, सडक, र उद्योग स्थापनामा उल्लेखनीय भूमिका निर्वाह गर्दै आएका डा. सिंहले यस घटनामा गम्भीर प्रतिक्रिया जनाएका छन्।

जिल्ला प्रहरी कार्यालय सर्लाहीले घटनापछि स्थिति सामान्य भइसकेको बताएको छ।

सम्बन्धित खबर

विपद्मा परेका नागरिकमाथि साइबर बुलिङ गरे रास्वपाबाट तत्काल निष्कासन : रवि लामिछाने

लक्की खबर

ड्युटीमा खटिएकी महिला प्रहरीमाथि कुटपिट गर्ने युवकविरुद्ध दुई कसुरमा ५ दिनको म्याद थप

लक्की खबर

मधेश यात्राको लागि रविको तालिका बनाउँदै रास्वपा, ७ जिल्ला र प्रदेशको अधिवेशन गराउने

लक्की खबर