Lucky-Khabar_

नेपालमा आन्तरिक हवाई यात्राका लागि भाडामा कटौती,नयाँ भाडादर लागू

१९भदौ,वीरगञ्ज । नेपालमा आन्तरिक हवाई यात्राका लागि हवाई भाडामा उल्लेख्य कटौती गरिएको छ। नेपाल आयल निगमले आन्तरिक उडानका लागि हवाई इन्धनको मूल्य प्रतिलिटर पाँच रूपैयाँले घटाएपछि वायु सेवा कम्पनीहरूले नयाँ भाडादर घोषणा गरेका छन्।

content ad p2

काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई आधार मानी नयाँ भाडा दर निर्धारण गरिएको हो। सहरी क्षेत्रका विमानस्थलहरूमा न्यूनतम ४५ रूपैयाँदेखि अधिकतम २६५ रूपैयाँसम्म भाडा घटाइएको छ।

काठमाडौं–नेपालगन्ज रुटमा सबैभन्दा बढी २६५ रूपैयाँले भाडा घटाइएको छ भने काठमाडौं–सिमरा रुटमा सबैभन्दा कम ४५ रूपैयाँले भाडा घटाइएको छ। प्रमुख रुटहरूको नयाँ भाडादरहरू:-

काठमाडौं–भद्रपुर: १५० रूपैयाँ कटौती

काठमाडौं–विराटनगर: १२० रूपैयाँ कटौती

काठमाडौं–जनकपुर: ६५ रूपैयाँ कटौती

भरतपुर: ५० रूपैयाँ कटौती

काठमाडौं–पोखरा: ८० रूपैयाँ कटौती

काठमाडौं–भैरहवा: १०५ रूपैयाँ कटौती
यसैगरी, काठमाडौं–धनगढी रुटमा २२० रूपैयाँ, काठमाडौं–सुर्खेत रुटमा १७५ रूपैयाँ, र काठमाडौं–राजविराज रुटमा १०० रूपैयाँले भाडा घटाइएको छ। सम्बन्धित गन्तव्यबाट फर्किने यात्रामा पनि भाडा सोही अनुपातमा घटेको छ।

घटाइएको नयाँ भाडादर आजदेखि नै लागू भएको छ। नेपाल आयल निगमले हवाई इन्धनको मूल्यमा पाँच रूपैयाँको परिवर्तन हुँदा वायु सेवा कम्पनीहरूले भाडामा समायोजन गर्ने गरेका छन्।

सम्बन्धित खबर

बीरगंजको घण्टाघरमा रास्वपाद्वारा दीप प्रज्वलन गरी भोटेकोशी बाढीका मृतकप्रति श्रद्धाञ्जली

लक्की खबर

“सरकार हुनुको प्रत्यक्ष अनुभूति”: रसुवा बाढी विपद्‌मा बालेन सरकारको तदारुकता, नागरिकद्वारा पूर्ववर्ती सरकारहरूसँग तुलना

लक्की खबर

नदी किनारमा विदारक दृश्य: त्रिशूली र नारायणीमा बगेर आएका शव सङ्कलन र पहिचान कार्य निरन्तर

लक्की खबर