Lucky-Khabar_

वीरगञ्जमा रास्वपाद्वारा रबि लामिछानेमाथिको कारबाहीको विरोधमा मौन जुलुस :प्रमुख जिल्ला अधिकारि मार्फत प्रधानमन्त्रीलाई ज्ञापन

८असोज्,बिरगंज।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साले पार्टी सभापति रबि लामिछानेलाई सरकारले संसदिय छानबिन समितिको प्रतिवेदन विपरित धरपकड गरेको भन्दै प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउँदै प्रमुख जिल्ला अधिकारिलाई ज्ञापनपत्र बुझाएको छ।

रास्वपाको पर्सा जिल्ला सभापति हरि पन्तको नेतृत्वमा आदर्शनगरबाट निस्किएको मौन जुलुसले जिल्ला प्रशासन कार्यालय, पर्सामा पुगेर सहायक प्रमुख जिल्ला अधिकारी सानू बाबु अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ । सहायक प्रमुख अधिकारीले उक्त ज्ञापनपत्र आजै प्रधानमन्त्री कार्यालयमा पठाइनेबताए ।

content ad p2

उक्त जुलुसमा “रबि निर्दोष छन्, राजनीति पूर्वाग्रह नगर्नू” र “८७ अर्ब ठगी गर्ने असली सहकारी ठगहरुलाई कारबाही गर” लेखेका प्लेकार्डहरू बोकेका थिए। ज्ञापनपत्र बुझाइसकेपछि जुलुस माइस्थानमा पुगेर कोणसभामा परिणत भयो।सभालाई केन्द्रिय सदस्य डा. नन्दन यादवले सम्बोधनमा बर्तमान सरकारले भ्रष्टाचारीलाई संगरक्षक र निर्दोषलाई फसाउने कार्य गरेको बताए संगै पूर्व संयोजक दिलिप कुर्मीले पनि सम्बोधन गरेका थिए।

कोणसभामा बोल्दै जिल्ला सभापति पन्तले दुई तिहाईको दम्भ देखाउनुको सट्टा सरकारलाई जनता निकट भएर काम गर्न चेतावनी दिए। उनले नेपाली जनताले श्रीलंका र बंगलादेशको जस्तै विद्रोह गर्न सक्ने चेतावनी दिँदै सत्ताको स्थायित्वमा प्रश्न उठाए।

सभामा रास्वपा क्षेत्रीय सभापतिहरु जितेन्द्र मिश्र, फैयाद मिया, प्रदेश सदस्य तुलसा पौडेल, सुदिश प्रजापति, प्रचार विभागका प्रदेश प्रमुख राम शरार्फ, संगठन र शिक्षा विभाग प्रमुख राम प्रमोद रायमाझी,यातायात विभागका प्रदेश प्रमुख राम आर्य,सोनाला पटेल, पालिका सभापति माधव बस्नेत, उमेश यादव, चन्दन गुप्ता, प्रदीप पटेल लगायतका नेताहरुको उपस्थिति रहेका थिए ।

सम्बन्धित खबर

मन्त्रिपरिषद्का विभिन्न निर्णय सार्वजनिक:सरकारद्वारा ९ विधेयक संसद्मा पेश गर्न स्वीकृति

लक्की खबर

कांग्रेस–कम्युनिस्टकै कारण देशमा भाँडभैलो मच्चियो : उपेन्द्र यादव

लक्की खबर

‘जनताको नेता जनता माझ’ अभियान : पर्सा–२ का सांसद सुशील शाह कानु घरदैलोमै, एक–एक मतदातासँग प्रत्यक्ष संवाद र समस्या सुन्दै विकासको प्रतिबद्धता

लक्की खबर