८ असोज,रौतहट ।रौतहटको देवाहीमा प्रधानाध्यापक सरुवाको विरोधमा विद्यार्थी प्रदर्शन अवस्था तनावग्रस्त स्त बन्न पुगेको हो।

जय किसान माध्यमिक विद्यालय धरहरिका प्रधानाध्यापक संजयप्रसाद गुप्तालाई सरस्वती माध्यमिक विद्यालय देवाहीमा सरुवा गर्न लागेको भन्दै उक्त सरुवा रोक्न माग गर्दै जय किसान माविका विद्यार्थीले गोनाहीस्थित देवाही गोनाही नगरपालिका कार्यालयअगाडि नाराबाजी गर्दै विरोध प्रदर्शन गरिरहेका छन्।
सो पालिकाका मेयर साहले अनधिकृत रूपमा आर्थिक चलखेल गरेर प्रधानाध्यापक गुप्तालाई अन्यत्र सरुवा गर्न लागेको भन्दै विद्यार्थीले निकै आक्रोशित हुँदै मेयर साहविरुद्ध चर्को नाराबाजी गरेका छन्।

विद्यार्थीको विरोध प्रदर्शनका कारण गोनाहीको अवस्था अहिले तनावग्रस्त बनेको छ। परिस्थितिलाई नियन्त्रणमा लिन अहिले त्यँहा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।
नगरपालिकाअगाडि अहिले ठूलो संख्यामा उपस्थित भएका नेपाल र सशस्त्र प्रहरीले भिडलाई नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् भनि जानकारी भएको छ।


