Lucky-Khabar_

हिन्दी फिल्म ‘स्त्री २’ ले ६०० करोड भारु कमाउने पहिलो हिन्दी फिल्म बन्यो

९असोज्,काठमाडौं । हिन्दी फिल्म ‘स्त्री २’ श्रद्धा कपुर र राजकुमार राव अभिनित ले भारतीय बक्स अफिसमा कीर्तिमान रचेको छ । यो फिल्म सर्वकालीन ब्लकबस्टर मात्र बनेन, घरेलु बजारमा ६०० करोड भारु कमाउने पहिलो हिन्दी फिल्म पनि बन्यो ।

content ad p2

बलिउड व्यापार विश्लेषक तरण आदर्शका अनुसार फिल्मले ३९ औं दिनसम्म ६०४.२२ करोड भारु कमाएको छ । आइतबार मात्रै फिल्मले ४.८५ करोड भारु कमायो ।

शुक्रबार ‘सिनेमा दिवस’को अवसरमा फिल्मले दर्शकलाई ठूलो संख्यामा हलसम्म तान्न सक्यो । उक्त दिन टिकटको मूल्य ९९ भारु तय थियो । ‘स्त्री २’ ले शाहरुख खानको अघिल्लो ब्लकबस्टर ‘जवान’को कमाइ (५८२ करोड भारु) लाई पनि उछिनेको छ ।

‘स्त्री २’ ले पहिलो साता ३०७.८० करोड भारु, दोस्रो साता १४५.८० करोड भारु, तेस्रो साता ७२.८३ करोड भारु, चौथो साता ३७.७५ करोड भारु, पाँचौं साता २५.७२ करोड भारु, छैटौं सप्ताहन्तमा १४.३२ करोड भारु कमायो । यो फिल्मले रणवीर कपुर स्टारर ‘एनिमल’ र शाहरुख खानको ‘पठान’को कमाइलाई पनि उछिनेको छ ।

सम्बन्धित खबर

५ करोड डलरको हिराजडित ब्रा लगाउँदै काइली जेनरको भिक्टोरियाज सेक्रेट फेसन शोमा डेब्यु

लक्की खबर

पर्सागढी–४ मा कंस वध मेला–२०८३ सुरु:प्रमुख अथिति सांसद साहद्वारा उद्घाटन

लक्की खबर

NRN युवती दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, इतिहासमा पहिलो गैरआवासीय नेपाली विजेता

लक्की खबर