Lucky-Khabar_

छोराको कुटपिटबाट सिरहामा बुवाको मृत्यु

९ असोज, सिरहा । छोराको कुटपिटबाट सिरहामा बुवाको मृत्यु भएको छ । मृत्यु हुनेमा औरही गाउँपालिका-३ खजनपुर टोलकम ६५ वर्षीय भालेश्वर यादव हो ।

content ad p2

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता डिएसपी मुक्ति सापकोटाका अनुसार घरायसी विवादमा सोमबार साँझ आफ्नै छोरा ३८ वर्षीय शैलेन्द्रकुमार यादव र बुहारी रेणुकुमारी यादवले कुटपिट गरेका थिए ।

गम्भीर घाइते भालेश्वरको प्रादेशिक अस्पताल सिरहामा प्राथमिक उपचारपछि थप उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल लैजाने क्रममा राति ११:४० बजे बाटोमै मृत्यु भएको डिएसपी सापकोटाले बताए ।

प्रहरी चौकी औरहीबाट गएको टोलीले कुटपिट लगतै छोरा शैलेन्द्र यादवलाई नियन्त्रणमा लिइएको छ। मृतक यादवको शव मंगलबार पोष्टमार्टमपछि उनका अर्का छोरा रामप्रताप यादवलाई जिम्मा लगाइएको छ ।

पक्राउ परेका छोरा शैलेन्द्रमाथि कर्तव्य ज्यान मुद्दामा सिरहा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी गराएको छ ।

सम्बन्धित खबर

वीरगञ्जमा हैजाको संक्रमण घट्दो, बारामा नयाँ संक्रमित फेला

लक्की खबर

वीरगञ्जमा हैजा नियन्त्रण उन्मुख, काठमाडौँबाट भने त्रास र हौवा फैलाइँदै

लक्की खबर

जनकपुरको मेयर मनोज साहद्वारा पत्रकार महासंघको जग्गामा बार एसोसिएसनको दाबी अस्वीकृत, विवाद समाधानका लागि संवाद आह्वान

लक्की खबर