Lucky-Khabar_

बिश्व प्रशिद्ध गढीमाई मेला बारे सुझाव संकलन

९ असोज,कलैया । विश्व प्रशिद्ध गढीमाईको पञ्च वर्षिय मेलालाई सभ्य र भव्य बनाउन सल्लाह सुझाव संकलन गरिएको छ । महाढीमाई नगरपालिकाले मंगलबार आफ्नै सभाहलमा कार्यक्रम आयोजना गरी सुझाव संकलन गरेको हो ।

content ad p2

मधेस प्रदेशका मुख्यमन्त्री सतिश सिंहको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मेलामा आउने भक्तजन एवं व्यापारीहरुको सुरक्षाका लागि विषेश योजना बनाउन सरोकारवालाहरुले सुझ्याए ।

सहभागिहरुले आवतजावतको सहज माध्यम, ट्राफिक व्यवस्थापन, सकेसम्म निःशुल्क खाना तथा वासको व्यवस्थापन, स्वच्छ खानेपानी, व्यवस्थित शौचालय, चोरी तथा असभ्य व्यवहार हुन नदिने, भारतीय दर्शनार्थीका लागि भित्रिने र बाहिरिने सहज बाटोको व्यवस्थापन गर्नुपर्नेमा सहभागिहरुले जोडदिएका थिए ।

त्यस्तै मेलामा डिजे साउण्ड प्रतिबन्ध गरेर धार्मीक सुमधुर गित बजाउने, जग्गा कम भाडामा लिएर पुनः बढि भाडा लिएर मनलाग्दी गर्ने प्रवृत्ती रोक्नुपर्ने, बलिका लागि ल्याइएका पशुको आहार सहितको व्यवस्थापन, वली पश्चात्को व्यवस्थापन, ठाउँठाउँमा सम्पर्क स्थान लगाएतका व्यवस्थापनमा विषेश योजना बनाई कार्यान्वयन गर्न सुझ्याएका थिए ।


जिल्ला विकास समितिका पूर्व सभापती छटु यादव, पचरौता नगरपालिकाका नगरप्रमुख जलन्धर सिंह जैसवार, जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेल, निजगढ नगरपालिकाका नगर प्रमुख सुरज पुरी, पत्रकार साजीर मंसुर, प्रकाश लम्साल लगाएत दर्जनौं सहभागिहरुले सुझाव प्रदान गरेका थिए ।

कार्यक्रमलाई औपचारिक रुपमा सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्य किसान श्रेष्ठले खानेपानी लगाएत अत्यावश्यक व्यवस्थापनका लागि सम्बन्धित संघिय मन्त्रालय पुगेर लागे शक्ती पहल गर्न आफू तत्पर रहेको भन्दै नगर प्रमुख सहितको टोलीलाई काठमाडौं बोलाए ।

मुख्यमन्त्री सतिश सिंहले प्रदेशले मेलाका लागि ५० लाख रुपैंया बजेट छुट्याएको बताउँदै त्यो बाहेकका अन्य आवश्यक सहयोग सहित मेलाको नेतृत्व लिन आफू तयार रहेको प्रतिवद्धता बताए ।

विश्वमै सर्वाधिक बली चढ्ने तथा विश्वभरका दर्शनार्थीहरु सहभागि हुने मेलाको महागढीमाई नगरपालिकाले मात्र नभएर सम्पूर्ण बारा जिल्ला, प्रदेश र केन्द्र सरकारले पनि अपनत्व ग्रहण गर्नुपर्नेमा वक्ताहरुले जोड दिएका थिए ।

नगर प्रमुख उपेन्द्र प्रसाद यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा प्राप्त सुरक्षा सम्बन्धि सुझाव समेटेर प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले सँधै उदाहरण दिने खालको सुरक्षा प्रबन्ध मिलाउने तयारी गरिरहेको बताए ।

यस्तै नगर उप–प्रमुख तारा देवी कानुले स्वागत मनतव्य राखेको कार्यक्रममा संविधान सभा सदस्य शिवचन्द्र प्रसाद कुशवाहा, प्रदेशका अर्थ मन्त्री जितेन्द्र प्रसाद यादव(सुनील), पर्यटन मन्त्री सकिल मीयाँ लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।

कर्यक्रममा संघीय सांसदहरु, सम्बिधान सभा सदस्यहरु, प्रदेश सभा सदस्यहरु, बाराका १६ वटै पालिका प्रमुख÷अध्यक्ष तथा नगर उप प्रमुख÷उपाध्यक्षहरु, विभिन्न पालिकाका जनप्रतिनिधिहरु, विभिन्न राजनैतीक पार्टिका प्रतिनिधिहरु, तिनवटै सुरक्षा निकायका प्रमुखहरु, समाजिक अगुवाहरु सहित सन्चारकर्मिहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित खबर

वीरगञ्जमा हैजाको संक्रमण घट्दो, बारामा नयाँ संक्रमित फेला

लक्की खबर

वीरगञ्जमा हैजा नियन्त्रण उन्मुख, काठमाडौँबाट भने त्रास र हौवा फैलाइँदै

लक्की खबर

जनकपुरको मेयर मनोज साहद्वारा पत्रकार महासंघको जग्गामा बार एसोसिएसनको दाबी अस्वीकृत, विवाद समाधानका लागि संवाद आह्वान

लक्की खबर