Lucky-Khabar_

पहिरोमा ८ जनाको परिवारै गुमाएका माइला

१७ असोज, काभ्रे । तेमाल गाउँपालिका–२ काभ्रेका माइला तामाङ धुलिखेल अस्पतालमा उपचाररत छन् । उनको शरीरमा लागेको चोट त निको हुँदैछ, तर मन भने भारी बन्दै गइरहेको छ ।

content ad p2

अविरल वर्षापछि आएको पहिरोमा बुबा, आमा, श्रीमतीसहित परिवारका ८ सदस्य गुमाएका उनी अस्पतालको शय्यामा घरि टोलाउँछन्, घरि भक्कानिन्छन् ।

भन्छन्, ‘परिवार त बचाउन सकिन सकिन, किरिया पनि गर्न नसक्ने अवस्थामा भएँ ।’

गत असोज १० गते रातिदेखि नै पानी परिरहेको थियो । घर नजिकैको खहरेखोला बढेपछि माइला र उनकी श्रीमती ११ गते आमाबुवा र भाइको परिवार बस्ने मूलघरमा गएका थिए । मूलघर अलिमाथि डाँडामा थियो । त्यहाँ त सुरक्षित भइएला भन्ने उनको आशा थियो ।

दिउँसो ११ बजेतिर सबैजना घरमै थिए । माइलाका बुबा (सानु तामाङ) घरभित्र झ्याल नजिकै पलङमा थिए, आमा झिरमाया, श्रीमती, बुहारी र भाइको छोरा पिँढीमा थिए । भाइ मनजित र छोरीहरु टहरामा थिए ।

‘हेर्दाहेर्दै पहिले टहरा बगायो, आँखै अगाडि भाइ र छोरीहरु पहिरोमा पुरिए’, उनले भने, ‘बुबा आमालाई पहिरो आयो भागौं भन्दा भन्दै घरमाथिको आँपको रुखसहित घर बगायो । त्यसपछि केही थाहा भएन ।’

माइला होसमा आउँदा दिउँसो साढे ३ भएको रहेछ । ‘हिलोले कम्मरसम्म पुरिएको र घोप्टो परेको अवस्थामा रहेछु’, उनले सम्झिए, ‘धेरै पटक बोलाउँदा पनि कोही नबोलेपछि सबै पहिरो परे भन्ने लाग्यो ।’

पहिरोले बगाएर तल पुगेका माइला घस्रिदै निस्किए । साँझ ५ बजेतिर माथिबाट छिमेकीले पहिरो गएको देखे । स्थानीय अनिल तामाङ र फुलमान तामाङ आएर उद्धार गरे । उनीहरुले आफ्नो घरमा लगे ।

अर्को दिन नेपाली सेनाको हेलिकप्टरले उद्धार गरेर धुलिखेल अस्पतालमा ल्यायो । उनको शरीरभरि चोट लागेको छ । तिघ्रामा निलडाम छ ।

पहिरोमा पुरिएका उनको बुवा सानु, आमा झिरमाया, श्रीमती कान्छीमाया र भाइ मनजित, भाइबुहारी कान्छी र भाइको छोराको शव भेटिएको छ । मनजितका छोरीहरु अझै फेला परेका छैनन् ।

मृतक ६ जनाको दाहसंस्कार भइसकेको छ माइलाका कान्छा भाइ कमलजित विदेशबाट आएर स्वयम्भुमा किरिया बसेको परिवारले जनाएको छ ।एजेन्सी

सम्बन्धित खबर

बैरगनियामा बौद्धिक परिषद् रौतहटका अध्यक्ष झामाथि कुटपिटको आरोप

लक्की खबर

कोल्हबीमा दुई थान भरुवा बन्दुकसहित वन्यजन्तुका अंग बरामद

लक्की खबर

रौतहटमा माछा फार्मका कामदारमाथि छुरा प्रहार, मेलमिलाप गराउन खोजिएको पीडित पक्षको आरोप

लक्की खबर