Lucky-Khabar_

पञ्चवर्षीय गढीमाई मन्दिरमा लाग्ने मेलाका शोभायात्रा निकालियो

१७ असोज,वीरगञ्ज । पञ्चवर्षीय बारास्थित गढीमाई मन्दिरमा लाग्ने मेलाका लागि आज शोभा यात्रा निकालिएको छ । गढीमाई मन्दिरको प्राङ्गणबाट बाजागाजासहित भव्य शोभायात्रा निकालिएको हो ।
आउदो मङ्सिरमा लाग्ने गढीमाई पञ्चवर्षीय मेलाका लागि बिहीबार बिहानदेखि भव्य शोभा यात्रा निकालिएको गढीमाई पञ्चवर्षीय मेला सञ्चालन तथा व्यवस्थापन मूल समितिले जानकारी दिएको छ ।

उक्त शोभा यात्रा अहिले जिल्लाका विभिन्न ठाउँमा परिक्रममा गरिरहेको मेला समितिले जनाएको छ । हात्ती, घोडा उँट, झाकी, बाजागाजासहित विभिन्न देवी देवतामा सजिएका देवहरू सहितको शोभा यात्रा निकालिएको गढीमाई पञ्चवर्षीय मेला सञ्चालन तथा व्यवस्थापन मूल समितिले जानकारी दिएको छ ।

content ad p2


शोभा यात्रामा ५० हजार भक्तजनहरूको सहभागिता रहेको समितिका अध्यक्ष एवम् महागढीमाई नगरपालिकाका मेयर उपेन्द्र यादवले जनाए । उनकाअनुसार मन्दिर परिसरबाट निस्किएको शोभायात्राले कलैया उपमहानगरपालिका लगायत १३ गाउँको २० किलोमिटर परिक्रमा गर्नेछ ।

त्यस्तै शोभा यात्रा बरियारपुर गाउँ हुँदै इनरुवा चोक, तेलकुवाचोक देखि नहर हुँदै बसतपुर चोक, मटिअर्वादेखि शितलपुर–बिशमरपुर, कलैया भरत चोक, गुप्ता पेट्रोल पम्प, अन्सारी पेट्रोल पम्प, अदालत रोड, रामपुर–बिजुलपुरदेखि गञ्जभवानीपुर–दहियार हुँदै पुनः मन्दिरमा पुगी समापन हुने मेला आयोजक समितिले जानकारी गराएको छ ।

सम्बन्धित खबर

माईस्थान युवा क्लबको आठौँ गणेश पूजा महोत्सव सांसद कानुद्वारा समुद्घघाटन ,पुजा भव्य रूपमा सुरु

लक्की खबर

हरितालिका तीजमा पशुपतिनाथका चारै ढोका बिहान ३ बजेदेखि खुला हुने

लक्की खबर

गहवा माई रथयात्रा समितिद्वारा वीरगञ्जका १५ विद्यालयका राधा–कृष्ण बनेका बालबालिकालाई शैक्षिक सामग्री वितरण

लक्की खबर