Lucky-Khabar_

कलैयाबाट गढीमाईको दर्शन गर्न जाने भक्तजनहरुका लागि निःशुल्क बस सेवा सुरु

(राम आर्य)
१८ असोज,वीरगञ्ज।कलैयाबाट बाराको गढीमाई मन्दिरमा दर्शन गर्न जाने भक्तजनहरुकालागि निःशुल्क बस सेवा सुरु गरिएको छ ।

content ad p2

घटस्थापनादेखि नवमीका दिनसम्मका लागि सदरमुकाम कलैयाबाट मन्दिरसम्मका ओमविनायक ट्राभल्सले गढीमाई लागि निःशुल्क बस सेवा सञ्चालन गरेको हो ।

घटस्थापनाका दिनदेखि पञ्चवर्षिय गढीमाई मेला विधिवत रुपमा सुरु भएसंगै मन्दिर र मेलामा दर्शन गर्न चाहने भक्तजनहरुका लागि बिहीबारदेखि नै कलैयाबाट निःशुल्क बस सेवा सुर गरिएको ओमविनायक ट्राभल्स प्रालिका सञ्चालक अच्यूत पौडेलले जानकारी दिए ।

घटस्थापनका दिनदेखि नवमीका दिनसम्म कलैयाको भरत चोकबाट हरेक दिन बिहान ६.३० बजे भक्तजनहरुलाई लिएर बस गढीमाई मन्दिरसम्म जाने र मन्दिरबाट फेरि भक्तजनहरुलाई लिएर बिहान ८.३० बजे बस कलैयामा फर्किने ओम विनायक ट्राभल्स प्रालिका अध्यक्ष अच्छुत पौडेलले बताए ।बिहीबार गढीमाई मेलाका लागि निकालिएको शोभा यात्रामापनि आँफुले दुई वटा बस निःशुल्क उपलब्ध गराएको जानकारीपनि उनले दिए ।
महागढीमाई नगरपालिका तथा गढीमाई मेला सञ्चालन तथा व्यवस्थापन समितिको समन्वयमा भक्तजनहरुका लागि निःशुल्क बस सेवा सुरु गरिएको उनले बताए ।

महागढीमाई नगरपालिकाका मेयर तथा मेला समितिका अध्यक्ष उपेन्द्र प्रसाद यादवलेपनि गढीमाई मन्दिर र मेलामा दर्शन गर्न आउने भक्तजनहरुको सहजताका लागि पौडेलसंगको समन्वयमा कलैयाबाट मन्दिरसम्म निःशुल्क बस सेवा सुरु गरिएको बताए । यसबाहेक बारा बस व्यवसायी संघको समन्वयमा थप अरु चार वटा बसपनि निःशुल्क सञ्चालन गर्ने बारेमा पहल भइरहेको यादवले जानकारी गराए ।

सम्बन्धित खबर

माईस्थान युवा क्लबको आठौँ गणेश पूजा महोत्सव सांसद कानुद्वारा समुद्घघाटन ,पुजा भव्य रूपमा सुरु

लक्की खबर

हरितालिका तीजमा पशुपतिनाथका चारै ढोका बिहान ३ बजेदेखि खुला हुने

लक्की खबर

वार्षिक समीक्षा गोष्ठीमा पाँच स्वास्थ्य संस्था सम्मानित, प्रगतिमा आंशिक कमी

लक्की खबर