Lucky-Khabar_

गाडी चलाउँदा अब बागमतीमा स्मार्ट लाइसेन्स बोक्न नपर्ने

१८ असोज, काठमाडौं। गाडी चलाउँदा अब बागमती प्रदेशमा चालकहरुले स्मार्ट लाइसेन्स देखाउन नपर्ने भएको छ । उनीहरुले मोबाइलमा नागरिक एपमा डाउनलोड गरिएको क्यूआर कोडसहितको सवारीचालक अनुमति पत्र देखाए हुनेछ ।

content ad p2

बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालय हेटौंडाले शुक्रबारदेखि नागरिक एपमा लाइसेन्स र क्यूआर कोड देखाए पनि हुने व्यवस्था गरेको हो ।

हाल सरकारले लाइसेन्स परीक्षा पास गरिसकेकाहरुलाई पनि स्मार्ट लाइसेन्स प्रिन्ट गरेर दिन सकेको छैन । तर, परीक्षा पास गरेपछि भने नागरिक एपमा लाइसेन्स र क्यूआर कोड उपलब्ध हुन्छ । नागरिक एपमा रहेको लाइसेन्स र क्यूआर कोडलाई ट्राफिक प्रहरीले स्मार्ट फोनबाट स्क्यान गरेर हेर्न सक्नेछन् ।

त्यस्तै शुक्रबार बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरलाई १०४ थान स्मार्ट फोन हस्तान्तरण गरेका छन् । त्यही स्मार्ट फोनको सहायताले चेकजाँचमा बसेका ट्राफिक प्रहरीले नागरिक एपमा रहेको चालकको लाइसेन्स स्क्यान गर्नेछन् ।

चालकले ट्राफिक नियम उलंघन गरेमा सोही एपको सहायताबाट ट्राफिक प्रहरीले जरिवाना गर्न सक्नेछ र चालकले तोकिएको जरिवाना अनलाइन प्रणालीबाटै दिन सक्नेछन् ।

उक्त कार्यक्रममा संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले स्मार्ट लाइसेन्स छाप्न ढिलो हुँदा आउने गुनासो सम्बोधन गर्न यो व्यवस्था गरेको बताए । बागमतीका श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले स्मार्ट लाइसेन्स युगको अन्त्य भएको बताए ।

सम्बन्धित खबर

रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा ठूला ढुंगा, ८ कामदारको खोजी जारी

लक्की खबर

भारतीय राजदूत नवीन श्रीवास्तवलाई वीरगञ्जमा बिदाइ

लक्की खबर

देशभरका नदीमा जलसतह बढ्ने, तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर