Lucky-Khabar_

गाडी चलाउँदा अब बागमतीमा स्मार्ट लाइसेन्स बोक्न नपर्ने

१८ असोज, काठमाडौं। गाडी चलाउँदा अब बागमती प्रदेशमा चालकहरुले स्मार्ट लाइसेन्स देखाउन नपर्ने भएको छ । उनीहरुले मोबाइलमा नागरिक एपमा डाउनलोड गरिएको क्यूआर कोडसहितको सवारीचालक अनुमति पत्र देखाए हुनेछ ।

content ad p2

बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालय हेटौंडाले शुक्रबारदेखि नागरिक एपमा लाइसेन्स र क्यूआर कोड देखाए पनि हुने व्यवस्था गरेको हो ।

हाल सरकारले लाइसेन्स परीक्षा पास गरिसकेकाहरुलाई पनि स्मार्ट लाइसेन्स प्रिन्ट गरेर दिन सकेको छैन । तर, परीक्षा पास गरेपछि भने नागरिक एपमा लाइसेन्स र क्यूआर कोड उपलब्ध हुन्छ । नागरिक एपमा रहेको लाइसेन्स र क्यूआर कोडलाई ट्राफिक प्रहरीले स्मार्ट फोनबाट स्क्यान गरेर हेर्न सक्नेछन् ।

त्यस्तै शुक्रबार बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरलाई १०४ थान स्मार्ट फोन हस्तान्तरण गरेका छन् । त्यही स्मार्ट फोनको सहायताले चेकजाँचमा बसेका ट्राफिक प्रहरीले नागरिक एपमा रहेको चालकको लाइसेन्स स्क्यान गर्नेछन् ।

चालकले ट्राफिक नियम उलंघन गरेमा सोही एपको सहायताबाट ट्राफिक प्रहरीले जरिवाना गर्न सक्नेछ र चालकले तोकिएको जरिवाना अनलाइन प्रणालीबाटै दिन सक्नेछन् ।

उक्त कार्यक्रममा संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले स्मार्ट लाइसेन्स छाप्न ढिलो हुँदा आउने गुनासो सम्बोधन गर्न यो व्यवस्था गरेको बताए । बागमतीका श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले स्मार्ट लाइसेन्स युगको अन्त्य भएको बताए ।

सम्बन्धित खबर

सरकारी कर्मचारीलाई गाडी किन्न ६० लाखसम्म ऋण, ब्याज शतप्रतिशत सरकारको!

लक्की खबर

सामाजिक अभियन्ता सन्तोष पौडेलद्वारा अपाङ्गता भएकी आमालाई ह्विलचेयर हस्तान्तरण

लक्की खबर

वीरगञ्ज–११ श्रीपुर नयाँ बस्तीमा ठूलो चोरी, २५ लाख रुपैयाँ बराबरका गहना चोरी भएको दाबी

लक्की खबर