Lucky-Khabar_

कैलालीमा किशोरीमाथि करणी गरेको आरोपमा २ युवा पक्राउ

१८ असोज, धनगढी। किशोरीमाथि जबरजस्तीकरणी गरेको आरोपमा कैलालीमा 2जना पक्राउ परेका छन् ।

content ad p2

दुवै युवालाई जानकी गाउँपालिका-२ बस्ने १६ वर्षीया किशोरीमाथि जबरजस्तीकरणी गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक(एसपी) पदमबहादुर बिष्टले जबरजस्तीकरणी गरेको उजुरीका आधारमा १६ वर्षीय किशोर र ७१ वर्षीय गजबहादुर दर्लामी मगरलाई पक्राउ गरिएको बताए ।

प्रहरीकाअनुसार किशोरीमाथि किशोरले भदो तेस्रो हप्ता आफ्नै घरमा बोलाएर जबरजस्तीकरणी गरेको आरोप छ भने दर्लामीमगरले पनि भदौ चौथो हप्ता छिमेकीको घरमा बोलाएर करणी गरेको आरोप लागेको छ।

दुवै जनालाई नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

सम्बन्धित खबर

छिमेकीकै डेरा फुटाएर गरगहना चोरी गरेको आरोपमा दुई युवक पक्राउ

लक्की खबर

नारायणी अस्पतालबाट नवजात शिशु लिएर फरार भएकी महिला पक्राउ

लक्की खबर

वीरगञ्ज हुँदै भारत लैजाँदै गरेको दुई बोलेरोबाट दुई क्विन्टल गाँजा बरामद

लक्की खबर