Lucky-Khabar_

वीरगञ्ज हुँदै भारत लैजाँदै गरेको दुई बोलेरोबाट दुई क्विन्टल गाँजा बरामद

रक्सौल । नेपालबाट भारततर्फ ठूलो परिमाणमा गाँजा तस्करी गरी लैजाँदै गरेको अवस्थामा रक्सौलस्थित मैत्री पुलबाट करिब दुई क्विन्टल गाँजा बरामद भएको छ।

content ad p2

भारत–नेपाल सीमा क्षेत्रमा खटिएको सशस्त्र सीमा बल (एसएसबी) र हरैया थाना प्रहरीको संयुक्त टोलीले दुईवटा बोलेरो गाडीमा लुकाएर भारततर्फ लैजाँदै गरेको अवस्थामा गाँजा बरामद गरेको हो। घटनामा संलग्न रहेको आरोपमा तीन जना पक्राउ परेका छन्।

प्राप्त विवरणअनुसार गाँजा वीरगञ्जको मेनरोड हुँदै नेपाल प्रहरीको आँखा छल्दै भारततर्फ लैजाने क्रममा रहेको थियो। मैत्री पुलमा जाँच गर्ने क्रममा दुवै बोलेरो गाडीबाट लुकाएर राखिएको गाँजा फेला परेको भारतीय सुरक्षा अधिकारीहरूले जनाएका छन्।गाँजासहित दुवै बोलेरो गाडी र पक्राउ परेका तीनै जनालाई नियन्त्रणमा लिएर भारतीय प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

पक्राउ परेकाहरूको परिचय, गाँजा कहाँबाट ल्याइएको थियो र भारतको कुन स्थानमा पुर्‍याउन लागिएको थियो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।सीमा क्षेत्रमा लागूऔषध तस्करी बढ्न नदिन भारतीय सुरक्षा निकायले निगरानी तथा सवारीसाधन जाँचमा थप कडाइ गरिएको जनाएको छ।

सम्बन्धित खबर

रौतहटको बीपी आदर्श माविमा भ्रष्टाचारको चाङ

Akleshsaran Patel

उद्योगपति सुरेश रुङ्गटाले भोटेकोसी बाढीपीडितका लागि दिए २ करोड १ लाख

लक्की खबर

भोटेकोसी बाढीपीडितलाई वीरगन्ज महानगरपालिकाले १ करोड ११ लाख सहयोग गर्ने

लक्की खबर