Lucky-Khabar_

उद्योगपति सुरेश रुङ्गटाले भोटेकोसी बाढीपीडितका लागि दिए २ करोड १ लाख

वीरगञ्ज । वीरगञ्जका उद्योगपति तथा रुङ्गटा ग्रुपका सञ्चालक सुरेश रुङ्गटाले भोटेकोसी बाढीपीडितको राहत तथा उद्धारका लागि २ करोड १ लाख रुपैयाँ सहयोग गरेका छन्।

content ad p2

रुङ्गटाले विपत्तिका कारण प्रभावित नागरिकको राहत तथा उद्धारका लागि उक्त रकम सहयोग गरेका हुन्। उनले सहयोग रकमको चेक अर्थमन्त्रीलाई हस्तान्तरण गरेका छन्।विपत्तिको कठिन परिस्थितिमा बाढीपीडित नागरिकको साथमा उभिँदै गरिएको यो सहयोग मानवीय सेवाको महत्वपूर्ण उदाहरण भएको भन्दै उनको प्रशंसा गरिएको छ।

रुङ्गटाको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै सामाजिक जिम्मेवारी र मानवीय सेवामा निजी क्षेत्रको योगदानले विपद्मा परेका नागरिकलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्ने बताइएको छ।बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि पछिल्लो समय विभिन्न व्यक्ति, व्यवसायी, संघसंस्था तथा स्थानीय तहबाट सहयोग घोषणा हुने क्रम बढेको छ।

सम्बन्धित खबर

वीरगञ्ज हुँदै भारत लैजाँदै गरेको दुई बोलेरोबाट दुई क्विन्टल गाँजा बरामद

लक्की खबर

भोटेकोसी बाढीपीडितलाई वीरगन्ज महानगरपालिकाले १ करोड ११ लाख सहयोग गर्ने

लक्की खबर

भोटेकोशी बाढी प्रभावित १५ पालिकाका प्रमुखसँग रविको छलफल, उद्धार र राहतमा जोड

लक्की खबर