Lucky-Khabar_

रौतहटको बीपी आदर्श माविमा भ्रष्टाचारको चाङ

रौतहटको ईशनाथ नगरपालिका-७, जोकहा घिउरास्थित श्री विशेश्वर प्रसाद कोइराला बीपी आदर्श उच्च माध्यमिक विद्यालय आर्थिक अनियमितता र लापरबाहीको अखडा बन्दै गएको छ। विद्यालयमा भइरहेको बेथितिबारे सबै निकायलाई जानकारी हुँदाहुँदै पनि जिल्ला शिक्षा समन्वय इकाई गौर, जिल्ला प्रशासन कार्यालय गौर र ईशनाथ नगरपालिकाको शिक्षा शाखाले मौनता साँधेका छन्।

 

 

content ad p2

विद्यालयमा वर्षौंदेखि थन्किएका पुराना कापी-किताब गत साता करिब ३०,००० रुपैयाँ मा बिक्री गरिएको थियो। तर उक्त रकम विद्यालयको आधिकारिक खातामा जम्मा नगरिकन विद्यालयमै भोजभतेर गरेर सकिएको स्थानीयले आरोप लगाएका छन्। खर्चको कुनै बिल-भर्पाई पनि छैन।

 

यति मात्र होइन, विगत ३ वर्षदेखि विद्यार्थीका लागि पाठ्यपुस्तक खरिद गर्दा पुस्तक पसलहरूबाट आउने ६-७% कमिसन पनि प्रधानाध्यापकले विद्यालय कोषमा नबुझाई आफैं राख्दै आएको तथ्य बाहिर आएको छ। वार्षिक रूपमा हजारौं पुस्तक खरिद हुने विद्यालयमा त्यो कमिसनको रकम लाखौं पुग्ने अनुमान छ।

 

 

आर्थिक हिनामिना मात्र होइन, विद्यालयको सम्पत्तिको सुरक्षामा पनि गम्भीर लापरबाही देखिएको छ। विद्यालयको दोस्रो तल्लाबाट ६-७ वटा विद्युतीय पंखा एकैपटक चोरी भएका छन्।

 

सबैभन्दा अचम्मको कुरा रात्रिकालीन सुरक्षाका लागि कार्यालय सहयोगी ड्युटीमा थिए र तल्लो गेटको ताल्चासमेत नटुटीकन पंखा गायब भए। यस घटनाले चोरीमा भित्री मिलेमतो रहेको आशंकालाई बलियो बनाएको छ। अहिलेसम्म चोरीको मुचुल्का र प्रहरीमा उजुरीसमेत दर्ता गरिएको छैन।

 

यस्ता गम्भीर विषयमा ईशनाथ नपाका शिक्षा शाखा प्रमुख कौशल कुमार अधिकारी लाई अभिभावकहरूले पटक-पटक मौखिक र लिखित जानकारी गराएका थिए। तर उनले छानबिन गर्छु भनेर मात्र टार्दै आएको आरोप छ।

 

स्थानीय अभिभावक भन्छन् प्रमाणसहित उजुरी दियो तर कसैले सुनुवाइ गरेन। माथिल्लो तहको संरक्षण नभई यस्तो हुँदैन।

 

जिल्ला शिक्षा कार्यालय र प्रशासनलाई पनि जानकारी गराइए पनि अहिलेसम्म कुनै टोली अनुगमनमा गएको छैन।

 

बीपी आदर्श मावि ईशनाथ क्षेत्रकै पुरानो सामुदायिक विद्यालय हो। सरकारी अनुदान अभिभावकको शुल्क र दाताको सहयोगमा चल्ने यो विद्यालयमा यसरी बेथिति हुँदा यहाँ पढ्ने सयौं विद्यार्थीको भविष्य नै जोखिममा परेको छ।

 

जुन विद्यालयमा आर्थिक पारदर्शिता छैन, त्यहाँ गुणस्तरीय शिक्षा सम्भव छैन। सम्बन्धित निकायले अब पनि मौनता साँधे यो विद्यालय पूर्ण रूपमा ध्वस्त हुने अवस्था आउनेछ।

सम्बन्धित खबर

वीरगञ्ज हुँदै भारत लैजाँदै गरेको दुई बोलेरोबाट दुई क्विन्टल गाँजा बरामद

लक्की खबर

उद्योगपति सुरेश रुङ्गटाले भोटेकोसी बाढीपीडितका लागि दिए २ करोड १ लाख

लक्की खबर

भोटेकोसी बाढीपीडितलाई वीरगन्ज महानगरपालिकाले १ करोड ११ लाख सहयोग गर्ने

लक्की खबर