Lucky-Khabar_

छिमेकीकै डेरा फुटाएर गरगहना चोरी गरेको आरोपमा दुई युवक पक्राउ

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१५ मा छिमेकीकै डेरा फुटाएर गरगहना चोरी गरेको आरोपमा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूको साथबाट चोरी भएका गरगहनासमेत बरामद गरेको जनाएको छ।

content ad p2

पक्राउ पर्नेमा बारा सिम्रौनगढ नगरपालिका–१० देवापुर टेंटा घर भई हाल वीरगञ्ज–१५ मा डेरा गरी बस्ने २० वर्षीय अर्जुनप्रसाद यादव र उनका गाउँकै साथी २० वर्षीय ओमप्रकाशप्रसाद यादव छन्।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार कोल्हवी नगरपालिका–१० घर भएकी २० वर्षीया आरतीकुमारी चौधरी वीरगञ्ज–१५ मा डेरा गरी बस्दै आएकी थिइन्। भदौ १४ गते दिउँसो करिब १२ बजे कोठामा ताल्चा लगाएर सिलाई–बुनाईको काम गर्न टेलरमा गएकी चौधरी साँझ करिब ८ बजे फर्किंदा कोठाको ताल्चा फुटेको अवस्थामा भेटेकी थिइन्।

कोठाभित्र रहेका गरगहना समेत चोरी भएको थाहा पाएपछि उनले तत्काल प्रहरीलाई खबर गरेकी थिइन्।घटनाबारे जानकारी पाएपछि प्रहरीले अनुसन्धान अघि बढाउने क्रममा चौधरीकै कोठाको छेउमा डेरा गरी बस्ने अर्जुन र ओमप्रकाशमाथि शंका गरेको थियो। उनीहरू बस्ने कोठामा खानतलासी गर्दा चोरी भएका गरगहना फेला परेपछि दुवैलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा दुवै जना चोरीमा संलग्न रहेको खुलेको छ। उनीहरूविरुद्ध चोरी तथा डाँका सम्बन्धी कसुरमा कानुनी प्रक्रिया अघि बढाइएको छ।जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले दुवै जनामाथि अनुसन्धान भइरहेको जानकारी दिए। उनका अनुसार पक्राउ परेका दुवै जनालाई पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान अघि बढाइएको छ।

सम्बन्धित खबर

क्यासिनो प्रकरणमा गाउँपालिका अध्यक्ष र इन्सपेक्टरसहित आठ जनामाथि थप चार दिन म्याद

लक्की खबर

वार्षिक समीक्षा गोष्ठीमा पाँच स्वास्थ्य संस्था सम्मानित, प्रगतिमा आंशिक कमी

लक्की खबर

तीनकुनेबाट ७०५ थान ग्यास सिलिन्डर बरामद, कालोबजारीको आरोपमा एक पक्राउ

लक्की खबर