Lucky-Khabar_

वीरगञ्जका Gen-Z युवाहरू राहत सामग्री लिएर रसुवातर्फ प्रस्थान

वीरगञ्ज । रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारलाई सहयोग गर्न वीरगञ्जका Gen-Z युवाहरू राहत सामग्रीसहित रसुवातर्फ प्रस्थान गरेका छन्।

content ad p2

वीरगञ्जस्थित गहवामाई मन्दिरको प्राङ्गणबाट युवाहरूले बाढीपीडितका लागि संकलन गरिएको राहत सामग्री लिएर प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेका हुन्।

बाढीका कारण घर, सम्पत्ति तथा आफन्त गुमाएका पीडित परिवारलाई सहयोग पुर्‍याउने उद्देश्यले युवाहरूले मानवीय भावनासहित राहत अभियान सञ्चालन गरेका हुन्। राहत सामग्रीमा प्रभावित परिवारका लागि आवश्यक खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री रहेको जनाइएको छ।

विपद्को कठिन परिस्थितिमा पीडितको दुःखमा साथ दिन र मानवीय दायित्व पूरा गर्न युवाहरूले थालेको यो अभियानले सामाजिक एकताको सन्देश दिएको छ।यसअघि पनि वीरगञ्जमा रसुवा बाढीपीडितका लागि विभिन्न समूह तथा संस्थाले राहत संकलन र सहयोग अभियान सञ्चालन गर्दै आएका छन्।

सम्बन्धित खबर

क्यासिनो प्रकरणमा गाउँपालिका अध्यक्ष र इन्सपेक्टरसहित आठ जनामाथि थप चार दिन म्याद

लक्की खबर

वार्षिक समीक्षा गोष्ठीमा पाँच स्वास्थ्य संस्था सम्मानित, प्रगतिमा आंशिक कमी

लक्की खबर

तीनकुनेबाट ७०५ थान ग्यास सिलिन्डर बरामद, कालोबजारीको आरोपमा एक पक्राउ

लक्की खबर