Lucky-Khabar_

अध्यक्ष र अधिकृतको विवादले पकाहामैनपुर अस्तव्यस्तभई कर्मचारीलाई मार्का र स्थानीय सेवाबाट वञ्चित

२१असोज्, वीरगञ्ज । पकाहामैनपुर गाउँपालिका पर्सामा अध्यक्ष सुरेश मेहता र प्रमुख प्रशासकीय अधिकृत देवनाथ साहबिचको निरन्तर विवादका कारण पालिकाका दुई सयभन्दा बढी कर्मचारीहरू समस्यामा परेका छन् ।

content ad p2

४ महिनाभन्दा लामो समयदेखि तलब नपाएपछि कर्मचारीहरू आर्थिक समस्यामा छन् भने करिब दुई हजारभन्दा बढी ज्येष्ठ नागरिक, अपाङ्ग भएका व्यक्ति, र एकल महिलाहरूले आफ्नो सामाजिक सुरक्षा भत्ता पाउन सकेका छैनन् ।

विवादका कारण गाउँपालिकाको खाता सञ्चालन हुन नसक्दा देशकै महत्त्वपूर्ण पर्व दसैँ अगाडि कर्मचारीहरूको तलब रोकिएको छ । यस्तै, सामाजिक सुरक्षा भत्ता वितरणमा पनि अवरोध भएको छ, जसले गर्दा स्थानीयहरू पनि निकै समस्यामा छन् ।

गाउँपालिका अध्यक्ष सुरेश मेहताले प्रमुख प्रशासकीय अधिकृत देवनाथ साहलाई अनियमितता गरेको आरोप लगाउँदै उनलाई कार्यालयको काममा भूमिकाविहीन बनाएका छन् । मेहताका अनुसार साहले विकास योजनाहरूमा अनियमितता गर्न खोजेको र आफूखुसी बजेट मिलाउन प्रयास गरेकोले विवाद उत्पन्न भएको हो ।

जनप्रतिनिधिहरूलाई नजरअन्दाज गर्दै साहले आफूलाई सबैभन्दा माथि रहेको दाबी गर्दै आएका कारण विवाद झन् चर्किएको अध्यक्ष मेहताको भनाइ छ । मेहताले साहमाथी भ्रष्टाचारजन्य मानसिकतासहित गाउँपालिकामा काम गर्न खोजेको आरोप लगाएका छन् ।

त्यस्तै देवनाथ साह यसअघि पर्साको पटेर्वासुगौली गाउँपालिकामा पनि विवादमा परेका थिए, जहाँ उनी स्थानीयको विरोधका कारण हटाइएका थिए । साहमाथि यसअघि पनि विभिन्न स्थानीय तहमा अनियमितता र भ्रष्टाचारको आरोप लागिसकेको छ, जसले गर्दा उनको छवि एक विवादास्पद प्रशासकीय अधिकृतको रूपमा स्थापित भएको छ । साह पर्साकै छिपहरमाई र सखुवाप्रसौनीमा प्रमुख प्रशासकीय अधिकृतका रूपमा काम गरिसकेका छन् । पकाहामैनपुरमा पनि उनी आएदेखि नै कर्मचारीहरूको तलब र भत्तासम्बन्धी समस्या झन् गम्भीर बन्दै गएको छ ।

विवादका कारण गाउँपालिकामा कर्मचारीहरूले तलब नपाउँदा ऋण सापटी गरेर गुजारा गर्नु परिरहेको गुनासो गरेका छन् । नाम नबनाउने सर्तमा गाउँपालिकाका एक शिक्षकले भने, “तलब नपाउँदा हामीलाई घर खर्च चलाउन र बच्चाहरूको विद्यालय शुल्क तिर्न गाह्रो भएको छ । दसैँ, तिहार र छठ जस्तो महत्त्वपूर्ण पर्व आइसक्यो, तर कहिले तलब आउने हो भन्ने केही थाहा छैन ।”

यो विषयमा प्रमुख प्रशासकीय अधिकृत देवनाथ साहसँग सम्पर्क गर्न खोज्दा उनले फोन उठाएनन् ।

निरन्तर विवादले गर्दा गाउँपालिकाको सामान्य प्रशासनिक कामकाज प्रभावित भएको छ, जसले गर्दा स्थानीय बासिन्दा र कर्मचारीहरू दुवै मर्कामा परेका छन् । विवाद चाँडो समाधान नभए, गाउँपालिकाको विकास गतिविधि र सामाजिक सेवा कार्यहरू थप अवरुद्ध हुने सम्भावना छ ।

सम्बन्धित खबर

वार्षिक समीक्षा गोष्ठीमा पाँच स्वास्थ्य संस्था सम्मानित, प्रगतिमा आंशिक कमी

लक्की खबर

वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन अभियान सुरु हुँदै, शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरण

लक्की खबर

मोहम्मद जयन्तीमा वीरगञ्जका विद्यालयमा सार्वजनिक बिदा, महानगरको कामकाज यथावत

लक्की खबर