Lucky-Khabar_

वीरगञ्ज ट्रायल सेन्टरमा आज पनि अख्तियारद्वारा निगरानी

११कार्तिक,वीरगञ्ज ।यातायात व्यवस्था कार्यालय, वीरगञ्ज अन्तर्गतको ट्रायल सेन्टरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले लगातार दोस्रो दिन पनि निगरानी गरेको छ । हेटौडा कार्यालयबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका वडा नम्बर २३, प्रसौनी विर्तास्थित ट्रायल सेन्टरमा अनुगमन तथा निरीक्षणलाई निरन्तरता दिएको हो। ३ महिनादेखि अवरुद्ध रहेको ट्रायल प्रक्रियालाई शनिवारदेखि पुनः सुरु भएको थियो।

कार्तिक ४ गते सवारी चालक अनुमतिपत्रका लागि सूचना प्रकाशित भएसँगै ९ गते शुक्रवार लिखित परीक्षा सम्पन्न भएको थियो भने शनिवार र आइतवार क्रमशः मोटरसाइकल, स्कुटर तथा कार, जीप, डेलिभरी भ्यान, टेम्पो, अटो रिक्सा र ई–रिक्साको प्रयोगात्मक परीक्षा (ट्रायल) सञ्चालन गरियो।

content ad p2

अख्तियारका प्रहरी निरीक्षक बिमल गिरीको नेतृत्वमा गएको टोलीले ट्रायल प्रक्रिया पारदर्शी र निष्पक्ष बनाउनका लागि प्रत्यक्ष रुपमा सबै गतिविधिहरूमा निगरानी गरिरहेको छ । यस क्रममा कुनै पनि अनियमितता वा त्रुटि हुन नदिन टोलीले गहन रूपमा परीक्षा प्रक्रियामा सहभागीहरूलाई निरन्तर अवलोकन गरेको जनाइएको छ ।

त्यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौडाका प्रमुख उमाकान्त आचार्यले सेवाग्राहीबाट प्राप्त उजुरी र गुनासोको आधारमा निगरानी गरिएको बताएका छन् । आचार्यका अनुसार सेवाग्राहीहरूले समस्या र कठिनाइ भोग्नु परेको वा अनियमितता भएको जनगुनासो आउँदा निगरानी गर्नु अख्तियारको जिम्मेवारी हो।

सेवाग्राही बढी विश्वास प्रदान गरेको र कार्यालयका कर्मचारीहरूलाई उत्तरदायी बनाएको देखिन्छ । अख्तियारका यस प्रकारका निरन्तर निगरानीले सेवाग्राहीहरूका गुनासोहरूको समाधान हुने र सेवामा पारदर्शिता कायम राख्न सहयोग पुग्ने आशा गरिएको छ ।

सम्बन्धित खबर

रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा ठूला ढुंगा, ८ कामदारको खोजी जारी

लक्की खबर

भारतीय राजदूत नवीन श्रीवास्तवलाई वीरगञ्जमा बिदाइ

लक्की खबर

क्यासिनो प्रकरणमा गाउँपालिका अध्यक्ष र इन्सपेक्टरसहित आठ जनामाथि थप चार दिन म्याद

लक्की खबर