Lucky-Khabar_

वीरगञ्ज ट्रायल सेन्टरमा आज पनि अख्तियारद्वारा निगरानी

११कार्तिक,वीरगञ्ज ।यातायात व्यवस्था कार्यालय, वीरगञ्ज अन्तर्गतको ट्रायल सेन्टरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले लगातार दोस्रो दिन पनि निगरानी गरेको छ । हेटौडा कार्यालयबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका वडा नम्बर २३, प्रसौनी विर्तास्थित ट्रायल सेन्टरमा अनुगमन तथा निरीक्षणलाई निरन्तरता दिएको हो। ३ महिनादेखि अवरुद्ध रहेको ट्रायल प्रक्रियालाई शनिवारदेखि पुनः सुरु भएको थियो।

कार्तिक ४ गते सवारी चालक अनुमतिपत्रका लागि सूचना प्रकाशित भएसँगै ९ गते शुक्रवार लिखित परीक्षा सम्पन्न भएको थियो भने शनिवार र आइतवार क्रमशः मोटरसाइकल, स्कुटर तथा कार, जीप, डेलिभरी भ्यान, टेम्पो, अटो रिक्सा र ई–रिक्साको प्रयोगात्मक परीक्षा (ट्रायल) सञ्चालन गरियो।

content ad p2

अख्तियारका प्रहरी निरीक्षक बिमल गिरीको नेतृत्वमा गएको टोलीले ट्रायल प्रक्रिया पारदर्शी र निष्पक्ष बनाउनका लागि प्रत्यक्ष रुपमा सबै गतिविधिहरूमा निगरानी गरिरहेको छ । यस क्रममा कुनै पनि अनियमितता वा त्रुटि हुन नदिन टोलीले गहन रूपमा परीक्षा प्रक्रियामा सहभागीहरूलाई निरन्तर अवलोकन गरेको जनाइएको छ ।

त्यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौडाका प्रमुख उमाकान्त आचार्यले सेवाग्राहीबाट प्राप्त उजुरी र गुनासोको आधारमा निगरानी गरिएको बताएका छन् । आचार्यका अनुसार सेवाग्राहीहरूले समस्या र कठिनाइ भोग्नु परेको वा अनियमितता भएको जनगुनासो आउँदा निगरानी गर्नु अख्तियारको जिम्मेवारी हो।

सेवाग्राही बढी विश्वास प्रदान गरेको र कार्यालयका कर्मचारीहरूलाई उत्तरदायी बनाएको देखिन्छ । अख्तियारका यस प्रकारका निरन्तर निगरानीले सेवाग्राहीहरूका गुनासोहरूको समाधान हुने र सेवामा पारदर्शिता कायम राख्न सहयोग पुग्ने आशा गरिएको छ ।

सम्बन्धित खबर

सरकारी कर्मचारीलाई गाडी किन्न ६० लाखसम्म ऋण, ब्याज शतप्रतिशत सरकारको!

लक्की खबर

सामाजिक अभियन्ता सन्तोष पौडेलद्वारा अपाङ्गता भएकी आमालाई ह्विलचेयर हस्तान्तरण

लक्की खबर

वीरगञ्ज–११ श्रीपुर नयाँ बस्तीमा ठूलो चोरी, २५ लाख रुपैयाँ बराबरका गहना चोरी भएको दाबी

लक्की खबर