Lucky-Khabar_

ऋण सहकारी संस्था का ऋणी विरुद्ध पनि पक्राउ पुर्जी जारी

१२ कात्तिक, विराटनगर । विराटनगरको माछापुच्छ्रे बचत तथा ऋण सहकारी संस्थाका ऋणीविरुद्ध जिल्ला अदालत मोरङले पक्राउ पुर्जी जारी गरेको छ । अदालतमा दायर मुद्दामा प्रतिवादी बनाइएका ऋणी विरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

content ad p2

सहकारीको बचत अपचलन गरेको आरोपमा संस्थाका अध्यक्ष अमलेश कर्ण पुर्पक्षका लागि कारागारमा छन् ।


सहकारी संस्थाको रकम हिनामिना अभियोगमा जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालत मोरङमा दायर कात्तिक १ गते मुद्दा दायर गरिएको थियो । २ कात्तिकमा जिल्ला अदालतले अध्यक्ष कर्णलाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको थियो ।

मुद्दामा फरार प्रतिवादीका लागि पक्राउ पुर्जी जारी भएको जिल्ला अदालत मोरङका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले बताए । ‘प्रतिवादीविरुद्ध पक्राउ पुर्जी जारी भइरहेको छ’ उनले भने, ‘अहिलेसम्म ५० जनाको पक्राउ पुर्जी जारी गरी प्रहरीलाई पठाएका छौं, फरार प्रतिवादी सबैका नाममा पक्राउ पुर्जी जारी हुन्छ ।’

सम्बन्धित खबर

जनताको समस्या सुन्न बहुबरी पुगे रास्वपाका सांसदहरू, कृषि, सिँचाइ, शिक्षा र स्वास्थ्यका विषयमा खुला छलफल

लक्की खबर

वीरगञ्ज–११ श्रीपुर नयाँ बस्तीमा ठूलो चोरी, २५ लाख रुपैयाँ बराबरका गहना चोरी भएको दाबी

लक्की खबर

रक्सौल नाकामा सामान किन्न जाने नेपालीहरूको ठूलो भीड, यता नेपाली व्यापारी भने व्यापार नचल्दा चिन्तित!

लक्की खबर