१२ कात्तिक, विराटनगर । विराटनगरको माछापुच्छ्रे बचत तथा ऋण सहकारी संस्थाका ऋणीविरुद्ध जिल्ला अदालत मोरङले पक्राउ पुर्जी जारी गरेको छ । अदालतमा दायर मुद्दामा प्रतिवादी बनाइएका ऋणी विरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

सहकारीको बचत अपचलन गरेको आरोपमा संस्थाका अध्यक्ष अमलेश कर्ण पुर्पक्षका लागि कारागारमा छन् ।

सहकारी संस्थाको रकम हिनामिना अभियोगमा जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालत मोरङमा दायर कात्तिक १ गते मुद्दा दायर गरिएको थियो । २ कात्तिकमा जिल्ला अदालतले अध्यक्ष कर्णलाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको थियो ।
मुद्दामा फरार प्रतिवादीका लागि पक्राउ पुर्जी जारी भएको जिल्ला अदालत मोरङका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले बताए । ‘प्रतिवादीविरुद्ध पक्राउ पुर्जी जारी भइरहेको छ’ उनले भने, ‘अहिलेसम्म ५० जनाको पक्राउ पुर्जी जारी गरी प्रहरीलाई पठाएका छौं, फरार प्रतिवादी सबैका नाममा पक्राउ पुर्जी जारी हुन्छ ।’


