१७कार्तिक्,वीरगञ्ज नेपाल संवत् ११४५ विशेष कार्यक्रमका साथ|वीरगञ्जको नेवार समुदायद्वारा मनाइएको छ सो कार्यक्रममा खानेपानी मन्त्री माननीय प्रदीप यादवको प्रमुख आतिथ्य तथा वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह, प्राध्यापक डा. दीपक शाक्य र सञ्चारकर्मी राजु श्रेष्ठको विशेष उपस्थिति थियो।


सो अवसरमा मन्त्री यादवले वीरगञ्जस्थित राष्ट्रिय विभूति शंखधर साख्वाको शालिकमा माल्यार्पण गरी सबैमा सुख, शान्ति र समृद्धिको कामना व्यक्त गरेका थिए।

साख्वाले विक्रम संवत् ९३७ (इस्वी ८८०) मा गरिब जनताको ऋण मोचन गर्दै नेपाल संवत्को शुरुवात गरेका थिए। यस कार्यको उच्च मूल्याङ्कन गर्दै २०५६ सालमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेका थिए भने विसं २०६५ मा प्रधानमन्त्री प्रचण्डले नेपाल संवत्लाई राष्ट्रिय मान्यता दिने घोषणा गरेका थिए।
कार्यक्रममा सहभागीहरूबीच नेपाल संवत् ११४५ को शुभकामना आदानप्रदान पनि गरिएको थियो। यस अवसरमा वीरगञ्जको नेवार समुदायको उल्लेखनीय सहभागिता रहेको थियो ।


