Lucky-Khabar_

वीरगञ्जमा नेपाल संवत् ११४५ विशेष कार्यक्रम गरी मनाइयो

१७कार्तिक्,वीरगञ्ज नेपाल संवत् ११४५ विशेष कार्यक्रमका साथ|वीरगञ्जको नेवार समुदायद्वारा मनाइएको छ सो कार्यक्रममा खानेपानी मन्त्री माननीय प्रदीप यादवको प्रमुख आतिथ्य तथा वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह, प्राध्यापक डा. दीपक शाक्य र सञ्चारकर्मी राजु श्रेष्ठको विशेष उपस्थिति थियो।

content ad p2


सो अवसरमा मन्त्री यादवले वीरगञ्जस्थित राष्ट्रिय विभूति शंखधर साख्वाको शालिकमा माल्यार्पण गरी सबैमा सुख, शान्ति र समृद्धिको कामना व्यक्त गरेका थिए।

साख्वाले विक्रम संवत् ९३७ (इस्वी ८८०) मा गरिब जनताको ऋण मोचन गर्दै नेपाल संवत्को शुरुवात गरेका थिए। यस कार्यको उच्च मूल्याङ्कन गर्दै २०५६ सालमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेका थिए भने विसं २०६५ मा प्रधानमन्त्री प्रचण्डले नेपाल संवत्लाई राष्ट्रिय मान्यता दिने घोषणा गरेका थिए।

कार्यक्रममा सहभागीहरूबीच नेपाल संवत् ११४५ को शुभकामना आदानप्रदान पनि गरिएको थियो। यस अवसरमा वीरगञ्जको नेवार समुदायको उल्लेखनीय सहभागिता रहेको थियो ।

सम्बन्धित खबर

वीरगञ्जमा सन्त रामपालजी महाराजको सत्सङ्ग कार्यक्रम सम्पन्न, सांसद रामाकान्त चौरसिया तथा पुर्व मुख्यमन्त्री लाबाबू गद्दीसहित विशिष्ट व्यक्तिहरूको सहभागिता

लक्की खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर

सामाजिक अभियन्ता सन्तोष पौडेलद्वारा अपाङ्गता भएकी आमालाई ह्विलचेयर हस्तान्तरण

लक्की खबर