Lucky-Khabar_

रास्वपाका सभापति रवि लामिछानेलाई थप १० दिन हिरासतमा राख्ने अनुमति

२० कात्तिक,काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज थप १० दिन थुनामा राख्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ ।

content ad p2

प्रहरीले २५ दिन म्याद थपको आदेश माग्दा पनि न्यायाधीश चन्द्रकान्त पौडेलले १० दिन थुनामा राख्न अनुमति दिनुभएको हो ।

सहकारी ठगी र सङ्गठित अपराधको कसूरमा अनुसन्धानका लागि हिरासतमा रहेका सभापति रवि लामिछानेलाई प्रहरीले आज दोस्रो पटक म्याद थपका लागि अदालतमा उपस्थित गराएको थियो ।कास्कीको सूर्यदर्शन सहकारीको रकम हिनामिनाको आरोपमा प्रहरीले यही कात्तिकको २ गते रवि लामिछानेलाई काठमाण्डौबाट पक्राउ गरेर पोखरा लगिएको हो ।

सभापति लामिछानेलाई सुप्रिम सहकारीको रकम हिनामिनाको पनि आरोप लागेकाले पोखराबाट अब बुटवल लैजाने तयारी रहेको छ । प्रहरी हिरासतमा रहेका सभापति लामिछानेको समर्थनमा आजै पोखरामा प्रदर्शन भएको छ । प्रदर्शनका क्रममा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सम्बन्धित खबर

वीरगञ्जमा सन्त रामपालजी महाराजको सत्सङ्ग कार्यक्रम सम्पन्न, सांसद रामाकान्त चौरसिया तथा पुर्व मुख्यमन्त्री लाबाबू गद्दीसहित विशिष्ट व्यक्तिहरूको सहभागिता

लक्की खबर

नेपाली कांग्रेस बाराको १५औँ जिल्ला अधिवेशन आइतबार, तयारी पूरा

लक्की खबर

बाराको फेटामा अस्पताल उद्घाटनमा विवाद , प्रहरीको गोली लाग्दा १८ वर्षीय युवक घाइते

लक्की खबर