Lucky-Khabar_

रास्वपा सभापति रवि लामिछानेलाई भोलि रुपन्देही लगिँदै, रास्वपाले प्रदर्शन गर्ने

२६ कात्तिक, काठमाडौं । रास्वपा सभापति रवि लामिछानेलाई मंगलबार बयानका लागि रुपन्देही ल्याउने तयारी भएपछि रास्वपाले विरोध प्रदर्शनको तयारी गरेको छ ।

रास्वपाका लुम्बिनी प्रदेश सभापति देवराज पाठकले सभापति लामिछानेलाई रुपन्देही ल्याउने कुरा सुनेको जानकारी गराए । पाठकले भने, ‘सभापतिलाई भोलि ल्याउने तयारी गरेको सुनेको छु । ल्याउने नल्याउने जे गरेपनि भोलि हामी विरोध गर्ने तयारीमा छौं ।’

लुम्बिनीका नेता कार्यकर्ताका लागि जारी गरिएको सूचना अनुसार मंगलबार विहान ७ः४५ बजेको उडानबाट लामिछानेलाई पोखराबाट भैरहवा ल्याउन लागिएको छ । भोलि नै बयान सकेर फर्काउने तयारी प्रशासनको रहेको सूचनामा उल्लेख गरिएको छ । लुम्बिनीका सबै जिल्लाका रास्वपाका शुभेच्छुकलाई विहान ११ बजे बुटवल पुग्ने गरी हिँड्न सर्कुलर गरिएको छ ।

प्रहरीले बुटवलस्थित सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको १४ करोड २९ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर खर्च गरेको कसुरमा अनुसन्धान गर्न लामिछाने, जीवी राईसहित १२ जनालाई पक्राउ गर्न रुपन्देही जिल्ला अदालतबाट यसअघि नै अनुमति लिइसकेको छ ।

content ad p2

बुटवलस्थित सुप्रिम सहकारीबाट एक करोड ९६ लाख रवि लामिछानेकै नाममा र १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा पुगेको संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदमा छ ।

सम्बन्धित खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर

रौतहटमा रास्वपा नेता राम आर्यको भेटघाट, इमानदारिता र विकासमा जोड

लक्की खबर

सरकारी कर्मचारीलाई गाडी किन्न ६० लाखसम्म ऋण, ब्याज शतप्रतिशत सरकारको!

लक्की खबर