Lucky-Khabar_

वीरगंजमा २२ किलो चरेशसहित तीनजना पक्राउ

२९ कात्तिक,पर्सा | वीरगंज महानगरपालिका-१५ मा करिब २२ किलो चरेशसहित ३ जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा बारा सिम्रौनगढ नगरपालिका-४ हरिहरपुरका २९ वर्षीय मकसुद अन्सारी, २० वर्षीय रामलाल सहनी र भारत विहार मोतीहारी ग्राम आदापुर बस्ने २९ वर्षीय मुकेश कुमार रहेका छन्।

प्रहरीका अनुसार भिष्वा होटल अगाडि ४० फिट्टे सडकबाट २२ किलो ५ सय ग्राम चरेससहित ३ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो।

content ad p2

जिल्ला प्रहरी कार्यालय पर्सा र वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरीले ना.१५ प ११५६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त परिमाणको चरेश सहित फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

छिमेकीकै डेरा फुटाएर गरगहना चोरी गरेको आरोपमा दुई युवक पक्राउ

लक्की खबर

नारायणी अस्पतालबाट नवजात शिशु लिएर फरार भएकी महिला पक्राउ

लक्की खबर

वीरगञ्ज हुँदै भारत लैजाँदै गरेको दुई बोलेरोबाट दुई क्विन्टल गाँजा बरामद

लक्की खबर