Lucky-Khabar_

तुल्सीपुरमा नक्कली नोटसहित ४ जना पक्राउ

३० कात्तिक,काठमाडौँ । नेपाली १ हजार दरका १२ थान नक्कली नोटसहित तुल्सीपुर उपमहानगरपालिका-९ बेलुवाबाट ४ जना पक्राउ परेका छन्।

content ad p2

पक्राउ पर्नेहरूमा तुल्सीपुर उपमहानगरपालिका-१० राइसल्यानका ३० वर्षीय राम मनी चौधरी, सोही उपमहानगरपालिका-८ का १७ वर्षीय किशोर, सोही उपमहानगरपालिका-९ दोघरेका १९ वर्षीय धन बहादुर खत्री र शान्तिनगर गाउँपालिका-४ घर भई तुल्सीपुर उपमहानगरपालिका-९ बेलुवा बस्ने १७ वर्षीय किशोर रहेका छन्।

विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय तुल्सीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त नक्कली नोट सहित फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

सम्बन्धित खबर

छिमेकीकै डेरा फुटाएर गरगहना चोरी गरेको आरोपमा दुई युवक पक्राउ

लक्की खबर

नारायणी अस्पतालबाट नवजात शिशु लिएर फरार भएकी महिला पक्राउ

लक्की खबर

वीरगञ्ज हुँदै भारत लैजाँदै गरेको दुई बोलेरोबाट दुई क्विन्टल गाँजा बरामद

लक्की खबर