Lucky-Khabar_

बाराको बन कार्यालयमा फरार प्रतिवादी आफैँ आएर आत्मसम्पर्ण

४ मंसिर,बारा । बाराको बन कार्यालयले फरार प्रतिवादीलाई पक्राउ गर्ने योजना तीब्र बनाएपछि १ फरार प्रतिवादी आफैँ कार्यालयमा आएर आत्मसम्पर्ण गरेका छन् ।

१ बर्ष देखि फरार रहेका करैयामाई गाउँपबालिका वडा नं.५ तेतरिया बस्ने बर्ष ३५ का जय प्रकाश सहनी आफै आएर आत्मसम्पर्ण गरेको डिभिजन बन कार्यालय बाराका डिभिजनल बन अधिकृत राजीव कुमार झाले बताए ।

अबैध रुपमा बन पैदवार हानी नोक्सानी तथा ओसारपोसार मुद्धा सहनीलाई चलाईएको थियो । उनले सञ्चालन गरेको स मिलमा सय क्युफिट अबैध काठ बरामद भएको मुद्धाका अनुसन्धानको जिम्मा पाएका मधुबन सब डिभिजन बन कार्यालयका प्रमुख बन अधिकृत संजय चौधरीले बताए ।

पक्राउँ परेका सहनीमाथी १ लाख १८ हजार ७ सय ५० रुपैया बिगो असुली दाबी गरिएको छ । उनलाई डिभिजन बन कार्यालय सिमराको थुनुवा कक्षमा राखिएको डिभिजन बन कार्यालय बाराका जमदार नागेन्द्र प्रसाद बैठाले बताए ।

content ad p2

सम्बन्धित खबर

सरकारी कर्मचारीलाई गाडी किन्न ६० लाखसम्म ऋण, ब्याज शतप्रतिशत सरकारको!

लक्की खबर

सामाजिक अभियन्ता सन्तोष पौडेलद्वारा अपाङ्गता भएकी आमालाई ह्विलचेयर हस्तान्तरण

लक्की खबर

वीरगञ्ज–११ श्रीपुर नयाँ बस्तीमा ठूलो चोरी, २५ लाख रुपैयाँ बराबरका गहना चोरी भएको दाबी

लक्की खबर