Lucky-Khabar_

भन्सार छलि गोठमा लुकाई राखेको ६ लाख रुपैंया बराबरको लसुन बरामद

५ मंसिर, वीरगञ्ज । सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले ६ लाख बराबरको लसुन बरामद गरेको छ ।

content ad p2

मंगलबार राती ११ बजे पर्साको बिन्दबासिनी गाउँपालिका ३ झौवा गाँउका जोगिन्द्र यादवको गोठबाट अन्दाजी दुई हजार दुई सय पचास किलो परिमाणको लसुन बरामद गरेको हो ।


सिमा सुरक्षा गुल्म अलौका सशस्त्र प्रहरी नायव उपरिक्षक सुशिल बस्नेतको कमाण्डमा खटिएको १० जना र प्रहरी चौकी अमरपट्टीबाट पहरी वरिष्ठ नायव निरिक्षक मदन मल्लको कमाण्डमा १० जनाको संयुक्त टोलीले लसुन बरामद गरेको हो ।

भन्सार छली चोरी पैठारी गरी लुकाई राखेको अवस्थामा ८०/९० वटा बोरामा रहेको लसुन बरामद गरेको हो । बरामद लसुन भन्सार बुझाउने प्रकृयाको लागी जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ ।

सम्बन्धित खबर

जनताको समस्या सुन्न बहुबरी पुगे रास्वपाका सांसदहरू, कृषि, सिँचाइ, शिक्षा र स्वास्थ्यका विषयमा खुला छलफल

लक्की खबर

वीरगञ्ज–११ श्रीपुर नयाँ बस्तीमा ठूलो चोरी, २५ लाख रुपैयाँ बराबरका गहना चोरी भएको दाबी

लक्की खबर

रक्सौल नाकामा सामान किन्न जाने नेपालीहरूको ठूलो भीड, यता नेपाली व्यापारी भने व्यापार नचल्दा चिन्तित!

लक्की खबर