Lucky-Khabar_

भन्सार छलि गोठमा लुकाई राखेको ६ लाख रुपैंया बराबरको लसुन बरामद

५ मंसिर, वीरगञ्ज । सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले ६ लाख बराबरको लसुन बरामद गरेको छ ।

content ad p2

मंगलबार राती ११ बजे पर्साको बिन्दबासिनी गाउँपालिका ३ झौवा गाँउका जोगिन्द्र यादवको गोठबाट अन्दाजी दुई हजार दुई सय पचास किलो परिमाणको लसुन बरामद गरेको हो ।


सिमा सुरक्षा गुल्म अलौका सशस्त्र प्रहरी नायव उपरिक्षक सुशिल बस्नेतको कमाण्डमा खटिएको १० जना र प्रहरी चौकी अमरपट्टीबाट पहरी वरिष्ठ नायव निरिक्षक मदन मल्लको कमाण्डमा १० जनाको संयुक्त टोलीले लसुन बरामद गरेको हो ।

भन्सार छली चोरी पैठारी गरी लुकाई राखेको अवस्थामा ८०/९० वटा बोरामा रहेको लसुन बरामद गरेको हो । बरामद लसुन भन्सार बुझाउने प्रकृयाको लागी जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ ।

सम्बन्धित खबर

साउनमा नेपालको आयात ३१ प्रतिशत र निर्यात ६२ प्रतिशतले बढ्यो

लक्की खबर

बिजुलीको महसुल घटाउने तयारी, वर्षायाममा सस्तो दरमा विद्युत् दिने सरकारको गृहकार्य

लक्की खबर

३५० रुपैयाँको सामान किन्दा १० लाखको बम्पर उपहार

लक्की खबर