Lucky-Khabar_

बाराको फेटा गाउँपालिकामा अख्तियारको टोली पस्यो

९ मंसिर,वीरगञ्ज ।आज बाराको फेटा गाउँपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली पुगेको छ ।

content ad p2

आयोगको हेटौडास्थित कार्यालयबाट आएको टोली आईतबार गाउँपालिकामा पुगेको हो । आयोगमा परेको उजुरी समबन्धि छानबिनको लागि गाउँपालिकामा टोली गएको आयोगका हेटौडास्थित कार्यालयका सूचना अधिकारी गोबिन्द प्रसाद गौतमले जानकारी दिए ।


टोलीले उजुरीको छानबिनको क्रममा फाईल, कागजातहरु अध्ययन गर्न तथा विकास निर्माण सम्बन्धि नापजाँचको लागि गाउँपालिका पुगेको गौतमले बताए । आयोगमा उजुरीहरु रहेको तथा त्यसको छानबिनको लागि जानुपर्ने भएकाले नियमित प्रक्रिया जस्तै फेटा गाउँपालिकामा पनि टोली गएको गौतमको भनाई छ ।

सम्बन्धित खबर

प्रेस काउन्सिललाई स्वायत्त र अधिकारसम्पन्न बनाउने विधेयक अगाडि बढ्यो

लक्की खबर

भ्रष्टाचार मुद्दामा माधव नेपाललाई वारेस राख्न विशेष अदालतको अनुमति

लक्की खबर

इनम प्रकरण : पूर्वप्रधानमन्त्रीका स्वकीय सचिवमाथि अनुसन्धानको सुई

लक्की खबर