Lucky-Khabar_

बाराको फेटा गाउँपालिकामा अख्तियारको टोली पस्यो

९ मंसिर,वीरगञ्ज ।आज बाराको फेटा गाउँपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली पुगेको छ ।

content ad p2

आयोगको हेटौडास्थित कार्यालयबाट आएको टोली आईतबार गाउँपालिकामा पुगेको हो । आयोगमा परेको उजुरी समबन्धि छानबिनको लागि गाउँपालिकामा टोली गएको आयोगका हेटौडास्थित कार्यालयका सूचना अधिकारी गोबिन्द प्रसाद गौतमले जानकारी दिए ।


टोलीले उजुरीको छानबिनको क्रममा फाईल, कागजातहरु अध्ययन गर्न तथा विकास निर्माण सम्बन्धि नापजाँचको लागि गाउँपालिका पुगेको गौतमले बताए । आयोगमा उजुरीहरु रहेको तथा त्यसको छानबिनको लागि जानुपर्ने भएकाले नियमित प्रक्रिया जस्तै फेटा गाउँपालिकामा पनि टोली गएको गौतमको भनाई छ ।

सम्बन्धित खबर

तीनकुनेबाट ७०५ थान ग्यास सिलिन्डर बरामद, कालोबजारीको आरोपमा एक पक्राउ

लक्की खबर

क्यासिनो छापा प्रकरणमा नयाँ मोड, दुई गाउँपालिका अध्यक्षको नाम जोडियो

लक्की खबर

बाढीमा बेपत्ता विकास बर्नवालको परिवारलाई सांसद चौरसियाद्वारा समवेदना

लक्की खबर