Lucky-Khabar_

पत्रकार रञ्जन यादवमाथि जीतपुरका वडा अध्यक्ष ले गरे दुर्व्यवहार

९ वीरगञ्ज, मंसिर ।नेपाल पत्रकार महासंघ बारा शाखाले   पत्रकार महासंघ बारा शाखाका कार्यसमितिका सहसचिव तथा बाराखबर डट कमका अध्यक्ष/सम्पादक रन्जन यादवमाथि भएको दुर्व्यवहारको घटनाप्रति आपत्ति जनाएको छ ।

content ad p2

बाराका पत्रकार तथा नारायणी एफ.एमका सहकर्मी समेत रहेका रञ्जन यादवमाथि जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.–७ का वडा अध्यक्ष सुनिल गुप्ताले दुर्व्यवहार गर्नुका साथै रिपोर्टिङ प्रयोग गरेको मोबाईल समेत खोसेको घटनाको घोर भ्रत्र्सना गर्दै महासंघले दोषीमाथि कारवाहीको माग गर्नुका साथै संविधान प्रदत्त प्रेस स्वतन्त्रताको माग समेत गरेको छ ।

जीतपुर बजारस्थित गौशालामा अतिक्रमण गरी बनाईएको संरचना हटाउने कार्यको समाचार संकलनको क्रममा वडा अध्यक्ष सुनिल गुप्ताले पत्रकार यादवलाई दुर्व्यवहार गर्नुका साथै रिपोर्टिङमा प्रयोग भएको मोवाईल समेत खोसिदिएका थियो । सुरक्षा निकायको उपस्थितिमै यादवले रिपोर्टिङको लागि प्रयोग गरेको मोवाइल खोस्नुका साथै पत्रकार यादबलाई वडा अध्यक्ष गुप्ताले धम्की पनि दिएको जनाएको छ ।

यादवमाथि भएको दुर्व्यवहारको नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष रेशम तिवारीले प्रेस विज्ञप्नि मार्फत कडा निन्दा गरेको छ । स्वतन्त्र रुपमा बिना रोक तोक समाचार संकलन गर्न पाउनु पत्रकारको अधिकार भएको हुँदा अपराधिक शैलीमा सञ्चार उपकरण खोस्ने तथा गाली गलौज गर्ने घटना प्रेस स्वतन्त्रता विरुद्ध रहेको संघको विज्ञप्तिमा जनाईएको छ ।

महासंघले प्रेस विरोधी घटनाको कडा शब्दमा निन्दा गर्दै घटनामा संलग्नलाई तत्काल कानूनी दायरामा ल्याएर प्रेसको संविधानप्रदत्त अधिकारको सम्मान गर्न सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराएको छ ।

सधै विवादमा आईरहन्छन् वडा अध्यक्ष गुप्ता

यस अघिपनि  जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर–७ का वडा अध्यक्ष गुप्ता पटक पटक विवादमा आईरहन्छन् । कहिले कहिले सेवाग्राहीलाई नै समस्या हुनेगरी स्थानीयले उचालेर नगरपालिका घेराऊ गर्ने, कहिले पदीय मर्यादा विपरित विभिन्न अराजक गतिविधि गर्ने प्रवृत्तिले वडा अध्यक्ष गुप्ता पटक पटक विवादमा आईरहने गरेका छन् ।

अवैधानिक रुपमा निर्माण गरिएको जीतपुर सिमराको गौशालाको संरचना भत्काउन पहिले मेयरसँगै गएका गुप्ताले हिजो (शनिबार) सोही विषयमा समाचार संकलनका लागि गएका यादवलाई दुव्र्यवहार मात्रै गरेनन् । पत्रकार यादवको मोबाईल समेत खोसिदिए । वडा अध्यक्ष गुप्ता यसअघि पनि अभद्र व्यवहार मुद्दामा सजाय पाईसकेका जनप्रतिनिधि हुन् ।

सम्बन्धित खबर

रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा ठूला ढुंगा, ८ कामदारको खोजी जारी

लक्की खबर

भारतीय राजदूत नवीन श्रीवास्तवलाई वीरगञ्जमा बिदाइ

लक्की खबर

देशभरका नदीमा जलसतह बढ्ने, तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर