Lucky-Khabar_

पक्राउ परेका पूर्वमन्त्री अधिकारीविरूद्ध मानव तस्करीको आरोपमा मुद्दा नचल्ने

१० मंसिर,काठमाडौं ।  मानव तस्करीको आरोपमा पक्राउ परेका कोसी प्रदेशका पूर्वमन्त्री एवं नेकपा (एमाले)का सांसद लीलावल्लभ अधिकारीविरूद्ध काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा नचल्ने निर्णय गरेको छ ।

काठमाडौंका  जिल्ला न्यायाधिवक्ता सीताराम अर्यालले पक्राउ परेका अधिकारीलाई मुद्दा चलाउन प्रमाण नपुग्ने भन्दै नचल्ने निर्णय गरेको हो ।

पक्राउ परेका बाँकी आठजनासहित फरार  ३ जनाविरुद्ध सोमबार नै जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ ।

१  महिनाअघि मन्त्री अधिकारीसँगै जापान पुगेका तीनजनाले नक्कली कार्ड बनाएर त्यहाँ पुगेको खुलेपछि टोकियो अध्यागमनबाट नै फिर्ता गरिएको थियो ।

उनीहरूको बयान र अन्य प्रमाणका आधारमा पूर्वमन्त्री अधिकारीलाई मुद्दा चलाउनु नपर्ने निर्णय भएको न्यायाधिवक्ता अर्यालले बताए ।

उनले भने, “मन्त्री अधिकारी त्रिभुवन विमानस्थलबाट समेत एक्लै गएको देखिन्छ । पक्राउ परेकाहरूको बयानमा समेत उनीविरुद्ध केही छैन । र, अर्को महत्त्वपूर्ण कुरा जापानमा उनीसँगैका तीनजनालाई डिपोर्ट गर्दा उनी आफैँले प्रहरीलाई जानकारी गराएको देखिन्छ ।”

मन्त्री अधिकारीलाई डिपोर्ट नगरी आफूसँगै जापान पुगेकाहरूको नक्कली कागजपत्र देखेपछि आफैँ फर्किएको खुलेको छ ।


content ad p2

सम्बन्धित खबर

रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा ठूला ढुंगा, ८ कामदारको खोजी जारी

लक्की खबर

भारतीय राजदूत नवीन श्रीवास्तवलाई वीरगञ्जमा बिदाइ

लक्की खबर

देशभरका नदीमा जलसतह बढ्ने, तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर