Lucky-Khabar_

पक्राउ परेका पूर्वमन्त्री अधिकारीविरूद्ध मानव तस्करीको आरोपमा मुद्दा नचल्ने

१० मंसिर,काठमाडौं ।  मानव तस्करीको आरोपमा पक्राउ परेका कोसी प्रदेशका पूर्वमन्त्री एवं नेकपा (एमाले)का सांसद लीलावल्लभ अधिकारीविरूद्ध काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा नचल्ने निर्णय गरेको छ ।

काठमाडौंका  जिल्ला न्यायाधिवक्ता सीताराम अर्यालले पक्राउ परेका अधिकारीलाई मुद्दा चलाउन प्रमाण नपुग्ने भन्दै नचल्ने निर्णय गरेको हो ।

पक्राउ परेका बाँकी आठजनासहित फरार  ३ जनाविरुद्ध सोमबार नै जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ ।

१  महिनाअघि मन्त्री अधिकारीसँगै जापान पुगेका तीनजनाले नक्कली कार्ड बनाएर त्यहाँ पुगेको खुलेपछि टोकियो अध्यागमनबाट नै फिर्ता गरिएको थियो ।

उनीहरूको बयान र अन्य प्रमाणका आधारमा पूर्वमन्त्री अधिकारीलाई मुद्दा चलाउनु नपर्ने निर्णय भएको न्यायाधिवक्ता अर्यालले बताए ।

उनले भने, “मन्त्री अधिकारी त्रिभुवन विमानस्थलबाट समेत एक्लै गएको देखिन्छ । पक्राउ परेकाहरूको बयानमा समेत उनीविरुद्ध केही छैन । र, अर्को महत्त्वपूर्ण कुरा जापानमा उनीसँगैका तीनजनालाई डिपोर्ट गर्दा उनी आफैँले प्रहरीलाई जानकारी गराएको देखिन्छ ।”

मन्त्री अधिकारीलाई डिपोर्ट नगरी आफूसँगै जापान पुगेकाहरूको नक्कली कागजपत्र देखेपछि आफैँ फर्किएको खुलेको छ ।


content ad p2

सम्बन्धित खबर

सरकारी कर्मचारीलाई गाडी किन्न ६० लाखसम्म ऋण, ब्याज शतप्रतिशत सरकारको!

लक्की खबर

सामाजिक अभियन्ता सन्तोष पौडेलद्वारा अपाङ्गता भएकी आमालाई ह्विलचेयर हस्तान्तरण

लक्की खबर

वीरगञ्ज–११ श्रीपुर नयाँ बस्तीमा ठूलो चोरी, २५ लाख रुपैयाँ बराबरका गहना चोरी भएको दाबी

लक्की खबर