Lucky-Khabar_

पर्साको बहुदरमाई नगरपालिकामा प्रमुख तेलीकोको भूमिकाप्रति वडाअध्यक्षहरूको असन्तुष्टि

७ पुष,वीरगञ्ज । बहुदरमाई नगरपालिकाका वडाअध्यक्ष र कार्यपालिका सदस्यहरूले नगर प्रमुख सिंघासन साह तेलीको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि जनाएका छन् । उनीहरूले पालिकाको समग्र सञ्चालनमा देखिएका समस्याहरूको समाधानका लागि तत्काल सुधारका कदम चाल्न माग गरेका छन् ।

त्यस्तै पुष ५ गते भएको तोडफोड र आगजनीको घटनापछि नगरपालिकामा उत्पन्न समस्याहरूको प्रभावकारी समाधानमा नगर प्रमुखको सक्रियता नदेखिएको भन्दै वडाअध्यक्षहरूले गम्भीर चासो व्यक्त गरेका छन् । उप–प्रमुख सुष्मा कुसवाहासहित ७ जना वडाअध्यक्ष र ४ जना कार्यपालिका सदस्यहरूले संयुक्त हस्ताक्षर गर्दै नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको भूमिकाप्रति प्रश्न उठाएका छन् ।

content ad p2

नगरपालिकाको बजेट संचालन र सभाको निर्णय प्रमाणित नगर्ने, नियमित बोर्ड बैठकको अभाव, पालिकाको सञ्चालनमा अग्रसरता नदेखाएको आरोपहरु उनीहरुले लगाएका छन् ।

वडाअध्यक्षहरूको भनाइमा बारम्बार आग्रह गर्दा पनि नगर प्रमुखले प्रभावकारी निर्णय लिन चासो नदिएको कारण सेवाग्राहीहरूलाई समस्या परेको उनीहरुले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ । उनीहरूले प्रमुख प्रशासकीय अधिकृतको सक्रियता पनि कमी भएको बताएका छन्, जसका कारण नगरपालिका सञ्चालनमा बाधा आएको छ ।

नगर प्रमुखको भूमिकामा सुधार गर्नुपर्ने, भ्रष्टाचारमुक्त नगरपालिका बनाउन प्रमुख प्रशासकीय अधिकृतलाई जिम्मेवारी दिनुपर्ने, घटनाको गम्भीर छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने, कार्यपालिका नियमित रूपमा सञ्चालन गरी जनताको समस्या समाधानका लागि पहल गर्नुपर्ने उनीहरुको माग छ ।

संयुक्त विज्ञप्तिमा उप–प्रमुख सुष्मा कुसवाहा, वडा नं. १ देखि ७ का वडाअध्यक्षहरू – जितेन्द्र पटेल, प्रमोद यादव, दिनेश यादव, सुरेश यादव, सुमित महतो कोइरी, शिवनारायण गुप्ता, र कार्यपालिका सदस्यहरू मंजु देवी गुप्ता, सुनीता देवी, सरला बानियाँ र मुकेश शाह कानूले हस्ताक्षर गरेका छन् ।

सबैले नगरपालिकाको समस्याहरू समाधान गर्न तत्काल बैठक बोलाउन र लोकतन्त्रका मूल्यविपरीत भइरहेको क्रियाकलापप्रति सचेत रहन चेतावनी दिएका छन् ।

सम्बन्धित खबर

कोशी प्रदेश खेलकुद बोर्डमा सदस्य संख्या थप: राजनीतिक भागबन्डाको अखडा बनेको आरोप

लक्की खबर

तिलोत्तमा नगरपालिकाको महत्वपूर्ण निर्णय: भूमिहीन र अव्यवस्थित बसोबासीको बस्ती नहटाउने घोषणा

लक्की खबर

कर्मचारीलाई राजनीति नगर्न सरकारको कडा निर्देशन: ‘उल्लंघन गरे तत्काल जागिर जाने’

लक्की खबर