Lucky-Khabar_

बिरगंजमा रास्वपा पर्साको पहिलो जिल्ला भेला सम्पन्न, सभापतिमा हरि पन्त निर्बिरोध निर्वाचित

७मन्सिर्, वीरगञ्ज ।आज बिरगंजमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साको पहिलो जिल्ला भेला स्थानीय क्लासिक ब्यान्क्वेटको सभाहलमा सम्पन्न भएको छ। भेलाले हरि पन्तलाई सभापतिमा निर्बिरोध निर्वाचित गर्दै ८ सदस्यीय जिल्ला समिति समेत गठन भएको छ।

content ad p2

केन्द्रीय उपसभापति डा. स्वर्णिम वाग्लेको प्रमुख आतिथ्यमा सम्पन्न भेलामा निर्वाचित समितिका सदस्यहरूले उपसभापति वाग्लेद्वारा सपथ ग्रहण गरे। वाग्लेले निर्वाचित टोलीलाई शुभकामना दिँदै समितिको सफल कार्यकालको कामना गरे।

निर्वाचित समितिमा उपसभापतिमा तुल्सा पौडेल, सचिवमा सुदीश प्रजापति, सहसचिवमा कृष्ण पासवान, र सदस्यहरूमा दिलिप कुर्मी, पूर्ण सापकोटा, सुरेश यादव र प्रियांका पटेल चयन भएका छन्।

सभापति पन्त यसअघि रास्वपा मधेस प्रदेशद्वारा पर्साको जिल्ला संयोजकका रूपमा चयन भएका थिए। अहिलेको भेलाले उनलाई सभापतिमा चयन गर्दै नेतृत्वलाई थप सुदृढ गरेको छ।

उक्त भेलामा रास्वपा सांसद डा.तोशिमा कार्की,केन्द्रिय सदश्य तथा रास्वपाका मदेश प्रदेश सभापति ई.तपेश्वर यादव,केन्द्रिय सदश्य डा.नन्दन यादव,कामनी चौधरी |
त्यस्तै रास्वपाका मदेश प्रदेश अनुशासन प्रमुख रघुबीर राय,पार्टीका मदेश प्रदेश बिभाग्यीय प्रमुखहरु प्रमोद रायमाझी,सबु कडेल,राम सर्राफ,राम आर्य,जय करण महतो,रास्वपाका कार्तयकताहरु,पत्रकार तथा जनपद र शस्त्र सुरक्षाकर्मीहरुको भेलामा उपस्थिति थियो |

सम्बन्धित खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर

रौतहटमा रास्वपा नेता राम आर्यको भेटघाट, इमानदारिता र विकासमा जोड

लक्की खबर

सरकारी कर्मचारीलाई गाडी किन्न ६० लाखसम्म ऋण, ब्याज शतप्रतिशत सरकारको!

लक्की खबर