Lucky-Khabar_

रास्वपा पर्साको बिरगंजमा जिल्लाको प्रथम जिल्ला भेला भव्य रूपमा सम्पन्न

७मन्सिर,वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्सा जिल्लाको प्रथम जिल्ला भेला भव्य रूपमा सम्पन्न भएको छ। रास्वपा पर्साका संयोजक हरि पन्तको अध्यक्षतामा आयोजित भेलामा पार्टीका शीर्ष नेताहरूको उपस्थिति रहेको थियो।

content ad p2

भेलामा प्रमुख अतिथि संघीय सांसद तथा रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्लेले रास्वपाले जनताका समस्यालाई समाधान गर्ने उद्देश्यले नवीन सोचका साथ अघि बढेको बताउँदै, पार्टीको संगठन सुदृढीकरणका लागि सबै तहका कार्यकर्ताहरूले जिम्मेवारीपूर्वक काम गर्नुपर्नेमा जोड दिए। “हामी परिवर्तनको वाहकका रूपमा कार्य गर्दैछौँ, त्यसैले स्थानीयस्तरदेखि केन्द्रसम्म जनताको विश्वास जित्न एकजुट भएर अघि बढ्न आवश्यक छ,” उनले भने।

सांसद डा. तोसिमा कार्कीले पार्टीले मुलुकमा राजनीतिक रूपान्तरणका लागि नेतृत्वदायी भूमिका खेलिरहेको भन्दै जनताको आकांक्षा पूरा गर्न दृढ संकल्पित रहेको धारणा व्यक्त गरिन्। “हामीले मुलुकमा स्वच्छ राजनीति र जनउत्तरदायी शासन व्यवस्था स्थापना गर्ने अभियानलाई निरन्तरता दिनेछौँ,” उनले भनिन्

सम्बन्धित खबर

सरकारी कर्मचारीलाई गाडी किन्न ६० लाखसम्म ऋण, ब्याज शतप्रतिशत सरकारको!

लक्की खबर

सामाजिक अभियन्ता सन्तोष पौडेलद्वारा अपाङ्गता भएकी आमालाई ह्विलचेयर हस्तान्तरण

लक्की खबर

आँधी कहाँसम्म आइपुग्यो, तुफान कति टाढा छ?’ भन्दै प्रचण्डमाथि ज्ञानेन्द्र शाहीको व्यङ्ग्य

लक्की खबर