Lucky-Khabar_

वीरगञ्जको बसपार्क क्षेत्रमा रहेको होटल कलसमा एक पुरुष मृत भेटिए

९ पुष, वीरगञ्ज ।एक जना पुरुष मृत अवस्थामा वीरगञ्जको लिंकरोड स्थित होटल कलसमा फेला परेका छन् । आज विहान वीरगञ्ज महानगरपालिका वडा नं १७ का ६५ वर्षीय संतसाह तुरहा मृत अवस्थामा फेला परेका हुन् ।

content ad p2

जिल्ला प्रहरी कार्यालय, पर्साका डि.एस.पी किशोर लम्सालका अनुसार तुरहा सुतेकै अवस्थामा मृत फेला परेका हुन् ।


मृतकको शरिरमा कुनै किसिमको चोटपटकको संकेत देखिएको छैन । होटल कलसका सञ्चालक कुबेर कार्कीका अनुसार संतसाह तुरहा सोमबार साँझ ४ बजे १ महिलासँगै दम्पति भनेर बुक गरेका थिए ।

“संतसाह विरामी थिए ।”तुरहाको चेकजाँजका लागि वीरगञ्ज आएको होटललाई जानकारी दिएको होटल सञ्चालक कार्कीले बताए । तर प्रहरीको प्रारम्भिक अनुसन्धानमा मृतक एकल पुरूष रहेको खुलेको छ ।

तुरहाको शव पोस्टमार्टमका लागि नारायणी अस्पताल पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ

सम्बन्धित खबर

त्रिपुरेश्वर बस आगलागीमा विवाददेखि आगलागीसम्म के के भयो त !

लक्की खबर

पर्साको धोबिनीमा चोरी भएको घरमा महिला मृत फेला

लक्की खबर

बाराको सिमरामा चक्कु प्रहारबाट एक जनाको मृत्यु

लक्की खबर