१०मन्सिर,बिरगंज |आज बेलुका ६.३० बजे पर्साको बिरगंज महानगरपालिका ड्राईपोर्ट बहुअरी चौकमा ट्रकले र मोटरसाइकललाई ठोकिएको छ |

पूर्वबाट पश्चिम तर्फ नम्बर नखुलेकों भारतीय ट्रकले बिरगंजबाट पश्चिमतिर पर्सा बिस्राम्पुर जाने क्रममा ना २५ प ९०९१ न.मोटरसाइकललाई पछाडी बाट ठोकिदा दुर्घटना भएको भनि प्रत्यक्ष दर्सिले बताएको छ |

उक्त दुर्घटनामा मोटरसाइकलमा पछाडी बस्ने सुवर्ण गाउपालिका वार्ड न.२ कवही बारा बस्ने बर्ष १६ को राज मिश्राको मृत्यु भएको छ र मोटरसाइकल चालक कलैया उपमहानगरपालिका वार्ड न.६ बस्ने बर्ष २६ को घाईते भई अस्पतालमा उपचार भईरहेको छ भने प्रहरीबाट जानकारी प्राप्त भएको छ |
प्रहरीले जनाए अनुसार मोटरसाईकल ठोकिने ट्रक अहिले सम्म फेला नपरेको खोजतलास भईरहेको छ |



