Lucky-Khabar_

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दल नेतामा ५ आकांक्षी

रास्वपा संसदीय दल नेतामा ५ आकांक्षी
निलम्बित सांसद तथा सभापति रविले कार्यवाहक सभापतिमा अर्याललाई हिरासतबाटै ‘टीका लगाइदिएको’ भन्दै रास्वपाभित्रको एउटा पक्ष असन्तुष्ट छ । सहमहामन्त्री सुमना श्रेष्ठले मंगलबार पार्टीभित्र अब आफू संसदीय दल नेतामा आउन इच्छुक रहेको खुलेरै प्रकट गरेकी छन् ।

content ad p2

वायाँबाट क्रमश: डीपी अर्याल, स्वर्णिम वाग्ले, सुमना श्रेष्ठ, चन्दा कार्की र बिराजभक्त श्रेष्ठ

९ पुस, काठमाडौं ।पुर्व गृहमन्त्री तथा रास्वपा सभापति तथा संसदीय दल नेता रहेका रवि लामिछाने सोमबार निलम्बित भएपछि रास्वपा संसदीय दल उपनेता विराजभक्त श्रेष्ठ, कार्यबाहक सभापति डिपी अर्याल, उपसभापति स्वर्णिम वाग्ले, सहमहामन्त्री सुमना श्रेष्ठ र सांसद चन्दा कार्कीले संसदीय दल नेतामा आफूलाई अघि सारेका छन् ।

रविले कार्यवाहक सभापतिमा अर्याललाई हिरासतबाटै ‘टीका लगाइदिएको’ भन्दै रास्वपाभित्रको एउटा पक्ष असन्तुष्ट छ । सहमहामन्त्री सुमना श्रेष्ठले मंगलबार पार्टीभित्र अब आफू संसदीय दल नेतामा आउन इच्छुक रहेको खुलेरै बताएकि छन् ।
पार्टीका अर्का पदाधिकारीले भने रविले टीका लगाएर पद नबाँडेको, बरु पार्टी संगठनमा २ उपसभापतिमध्ये १ अर्याल लाई, अनि संसदमा अर्का उपसभापति वाग्लेलाई स्थापित गर्नु न्यायोचित भएको धारणा राखेको बताए । ‘जे निर्णय गरे पनि त्यो पार्टीकै निर्णय हो, तर रवि लामिछानेको मनसाय यस्तो छ,’ ती नेताले बताए

उपनेता विराजभक्तले आफू स्वतः संसदीय दलको उत्तराधिकारी भएको धारणा नेताहरुसँग राखिसकेको बुझिएको छ ।

सहमहामन्त्री सुमनालाई संसदीय दल नेता बन्न नदिन रास्वपाकै सांसदहरुले समानुपातिक सांसदलाई दलको नेता मान्दा गलत सन्देश जाने बताएका छन् । ‘प्रत्यक्ष जितेको सांसद मात्रै दलको नेता बन्छ, स्वर्णिम दाइ बन्न पाउनुभएन भने बरु विराजजी नै बन्नुहुन्छ,’ पार्टी उच्च स्रोतले भन्यो ।

विवाद बढ्दै गएर समाधान कठिन बनेमा अर्याल नै संसदीय दल नेताका रुपमा अघि सारिन सक्ने सम्भावना पनि ती नेताले औंल्याए ।

सुमनालाई रोक्ने तयारीमा रहेका केही सांसदले भने उनलाई काउन्टर दिन चन्दा कार्कीको नाम अघि सारेका छन् । तर संसदीय दलमा वाग्ले आउने सम्भावना सबैभन्दा बढ्ता रहेको रास्वपाले बतायो ।

रास्वपाले रविको निलम्बनविरुद्ध अदालत जाने बताए पनि उनी संसदीय दल नेताका रुपमा फर्कने सम्भावना करिब नभएको टुंगोमा पार्टी पंक्ति पुगेको बताइएको छ ।

यसो भए अब रास्वपामा संसदीय दल नेताका रुपमा प ५ आकांक्षी देखिएका छन्– स्वर्णिम वाग्ले, विराजभक्त श्रेष्ठ, सुमना श्रेष्ठ, चन्दा कार्की र डिपी अर्याल । संसदको बैठक सुरु हुनुअघिसम्म यो विषय निरुपण भइसक्ने रास्वपाले जनाएको छ ।

सम्बन्धित खबर

संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह अमेरिका प्रस्थान गर्दै

लक्की खबर

विपद्मा परेका नागरिकमाथि साइबर बुलिङ गरे रास्वपाबाट तत्काल निष्कासन : रवि लामिछाने

लक्की खबर

ड्युटीमा खटिएकी महिला प्रहरीमाथि कुटपिट गर्ने युवकविरुद्ध दुई कसुरमा ५ दिनको म्याद थप

लक्की खबर