Lucky-Khabar_

ड्युटीमा खटिएकी महिला प्रहरीमाथि कुटपिट गर्ने युवकविरुद्ध दुई कसुरमा ५ दिनको म्याद थप

काठमाडौँ — काठमाडौंको नयाँ बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरी जवानमाथि कुटपिट तथा अभद्र व्यवहार गर्ने युवकविरुद्ध प्रहरीले दुई वटा कसुरमा अनुसन्धान अघि बढाएको छ। जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद थप गरी उनीमाथि अनुसन्धान सुरु गरिएको हो।

content ad p2

पक्राउ पर्नेमा जुम्लाको तातोपानी गाउँपालिका–२ घर भई काठमाडौँ बस्दै आएका २७ वर्षीय राज कठायत रहेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उनीविरुद्ध ‘राष्ट्र सेवकलाई काममा बाधा पुर्‍याउन नहुने’ र ‘अभद्र व्यवहार’को कसुरमा अनुसन्धानका लागि ५ दिनको म्याद अनुमति प्राप्त भएको छ।

नयाँ बानेश्वर क्षेत्रमा ड्युटीमा खटिएकी सामुदायिक प्रहरी सेवा केन्द्र, नयाँ बानेश्वरकी महिला प्रहरी जवानले पैदलयात्री कठायतलाई आकाशे पुल प्रयोग गरेर बाटो काट्न आग्रह गरेकी थिइन्। तर, प्रहरीको आग्रह अटेर गर्दै युवकले उनीमाथि गालीगलौज र कुटपिट गरेका थिए।

आक्रमणबाट घाइते भएकी महिला प्रहरीको उपचार गराइएको छ भने घटनालगत्तै प्रहरीले कठायतलाई नियन्त्रणमा लिएको थियो। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

एक दिनमै ६०२ जनाको हेलिकप्टरमार्फत उद्धार, खोज तथा उपचार कार्य तीव्र

लक्की खबर

वीरगञ्जमा तीन दिनभित्र दुई बालबालिकाको शंकास्पद मृत्यु, सौतेनी आमा प्रहरी नियन्त्रणमा

लक्की खबर

“सरकार हुनुको प्रत्यक्ष अनुभूति”: रसुवा बाढी विपद्‌मा बालेन सरकारको तदारुकता, नागरिकद्वारा पूर्ववर्ती सरकारहरूसँग तुलना

लक्की खबर