Lucky-Khabar_

सवारी दुर्घटना पर्सामा वृद्धि भएको

१३मंसिर,बिरगंज । । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार चालू आर्थिक वर्ष २०८१/८२ को पहिलो ५ महिनामा ३८१ वटा सवारी दुर्घटनाको संख्यामा उल्लेखनीय वृद्धि भएका छन्। सो अवधिमा १८ जनाको मृत्यु भएको छ भने ४९८ जना घाइते भएका छन्। तुलनाका लागि, गत आर्थिक वर्ष २०८०/८१ को १२ महीनामा २३१ वटा दुर्घटनामा २० जनाको मृत्यु र ३४४ जना घाइते भएका थिए

जिल्ला ट्राफिक प्रहरी कार्यालय, पर्साका प्रमुख लोकराज भट्टका अनुसार चालू आवमा ११ हजार ८२३ वटा सवारीसाधनलाई कारबाई गरिएको छ। यसबाट १ करोड ३ लाख ४४ हजार ३५० रुपैयाँ जरिवाना सङ्कलन भएको छ। गत आवमा सात हजार ५२१ वटा सवारीसाधनलाई कारबाई गरी ७४ लाख ४९ हजार ५५३ रुपैयाँ जरिवाना असुल गरिएको थियो। अघिल्लो आर्थिक वर्ष २०७९/८० मा ११ हजार सवारीसाधनलाई कारबाई गर्दा ८५ लाख ७५ हजार ५०० रुपैयाँ जरिवाना सङ्कलन भएको थियो।

२०७९/८० मा १०७ वटा सवारी दुर्घटनामा २० जनाको मृत्यु र १३७ जना घाइते भएका थिए। त्यस वर्षको तुलनामा पछिल्ला आवहरूमा दुर्घटना, मृत्यु र घाइतेको संख्यामा क्रमिक वृद्धि भएको देखिन्छ।

content ad p2

जिल्लामा बढ्दै गएको सवारी दुर्घटनाको संख्या स्थानीय ट्राफिक व्यवस्थापनका लागि चुनौतीपूर्ण बनेको छ। ट्राफिक प्रहरीको अनुसार, सवारी साधनको बढ्दो संख्यासँगै नियमको उल्लङ्घन, चालकको लापरवाही र सडकको अवस्थाले दुर्घटनामा योगदान पुर्‍याएको छ। स्थानीय प्रशासनले सवारी साधनहरूको नियमन, जनचेतना विस्तार र ट्राफिक नियमहरूको कडाइका लागि थप पहल आवश्यक रहेको बताएको छ।

सम्बन्धित खबर

अमेरिकाको मियामी विमानस्थलमा अमेजनका लागि उडेको कार्गो विमान दुर्घटना, पाँच जनाको मृत्यु

लक्की खबर

ईभीको ठक्करबाट केडिया आँखा अस्पताल अगाडि ७ वर्षीय बालकको मृत्यु

लक्की खबर

“सरकार हुनुको प्रत्यक्ष अनुभूति”: रसुवा बाढी विपद्‌मा बालेन सरकारको तदारुकता, नागरिकद्वारा पूर्ववर्ती सरकारहरूसँग तुलना

लक्की खबर