Lucky-Khabar_

नक्कली डाक्टर नुवाकोटबाट पक्राउ

१३ पुष, काठमाडौँ ।नक्कली डाक्टर उपचारको बहानामा बिरामीको घर पुगर लुटपाट गर्ने पक्राउ परेका छन् ।

content ad p2

नक्कली डाक्टर महोत्तरीको जलेश्वर नगरपालिका–२ हरिटोल घर भई हाल ललितपुर महानगरपालिका–१७ ग्वार्को बस्ने ३० वर्षीय डा. आलोक भन्ने जीतेन्द्र मण्डल रहेका प्रहरीले जनाएको छ । मण्डललाई काठमाण्डौ उपत्यका अपराध अनुसन्धान शाखा ललितपुरबाट खटिएको प्रहरीले नुवाकोटको पञ्चकन्या गाउँपालिका–४ आरुखर्कबाट पक्राउ गरेको हो ।


मण्डलको साथबाट ५९ हजार ३ सय ६० रुपैयाँ र मोबाइल ३ थान बरामद गरेको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक एवम् सूचना अधिकारी काजीकुमार आचार्यले जानकारी दिए।

उहाँका अनुसार पीडित व्यक्ति मधुमेहका रोगी थिए । उनी सामाजिक सञ्जाल फेसबुकमार्फत नक्कली डाक्टर मण्डलसँग साथी बने । मण्डलले आफू डाक्टर हुँ भनी भेटघाट एवम् चिनजान गरी उपचार गर्ने भनेर पीडितका घरमा पुगेका थिए । उपचारका नाममा उनले बिरामीलाई बेहोश हुने औषधि खुवाई कोठाभित्र रहेका सुन तथा चाँदीका गरगहना र नगद तीन लाख रुपैयाँ चोरी गरेका प्रहरीले जनाएको छ ।

नक्कली डाक्टर मण्डललाई अनुसन्धान एवम कारबाहीका लागि प्रहरी वृत्त सातदोबाटो पठाइएको प्रहरी उपरीक्षक आचार्यले बताए।

सम्बन्धित खबर

अदालत परिसरबाट ४ लाख ८० हजार रुपैयाँ घुस रकमसहित दुई जना पक्राउ

लक्की खबर

छिमेकीकै डेरा फुटाएर गरगहना चोरी गरेको आरोपमा दुई युवक पक्राउ

लक्की खबर

नारायणी अस्पतालबाट नवजात शिशु लिएर फरार भएकी महिला पक्राउ

लक्की खबर