Lucky-Khabar_

बालेनले नयाँ प्रशासकीय अधिकृत माग गर्दै मन्त्रालयलाई लेखे पत्र

२६ पुष,काठमाडौँ । काठमाडौँ महानगरका प्रमुख बालेन साहले नयाँ प्रमुख प्रशासकीय अधिकृतको  माग गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेखेका छन्।

content ad p2

अहिले खटिई आएका प्रमुख प्रशासकीय अधिकृतका सम्बन्धमा छानबिन भइरहेकाले नयाँ माग गरिएको बालेनले लेखेको पत्रमा उल्लेख छ |

पत्रमा भनिएको छ, ‘काठमाडौं महानगरपालिकामा खटिई आउनु भएका प्रमुख प्रशासकीय अधिकृतका सम्बन्धमा छानबिन भइरहेको हुँदा हाल उहाँ बिदामा बस्नु भएकाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ दफा ८४ बमोजिमको कामकाज गर्नका लागि प्रमुख प्रशासकीय अधिकृत खटाई पठाई दिनुहुन अनुरोध छ।’

महानगरले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौँ भ्यू टावरको नक्सा पास नवीकरण गर्दा अनियमितता गरेको भन्दै गुरागाईंलाई कारबाही सिफारिस गरेपछि हाल निलम्बन परेका छन्।

उनी निलम्बनमा परेपछि निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्द शर्मालाई राखिएको थियो तर उनले राजीनामा दिएपछि हाल महानगरपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन छ।

सम्बन्धित खबर

प्रेस काउन्सिललाई स्वायत्त र अधिकारसम्पन्न बनाउने विधेयक अगाडि बढ्यो

लक्की खबर

भ्रष्टाचार मुद्दामा माधव नेपाललाई वारेस राख्न विशेष अदालतको अनुमति

लक्की खबर

इनम प्रकरण : पूर्वप्रधानमन्त्रीका स्वकीय सचिवमाथि अनुसन्धानको सुई

लक्की खबर