Lucky-Khabar_

बालेनले नयाँ प्रशासकीय अधिकृत माग गर्दै मन्त्रालयलाई लेखे पत्र

२६ पुष,काठमाडौँ । काठमाडौँ महानगरका प्रमुख बालेन साहले नयाँ प्रमुख प्रशासकीय अधिकृतको  माग गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेखेका छन्।

content ad p2

अहिले खटिई आएका प्रमुख प्रशासकीय अधिकृतका सम्बन्धमा छानबिन भइरहेकाले नयाँ माग गरिएको बालेनले लेखेको पत्रमा उल्लेख छ |

पत्रमा भनिएको छ, ‘काठमाडौं महानगरपालिकामा खटिई आउनु भएका प्रमुख प्रशासकीय अधिकृतका सम्बन्धमा छानबिन भइरहेको हुँदा हाल उहाँ बिदामा बस्नु भएकाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ दफा ८४ बमोजिमको कामकाज गर्नका लागि प्रमुख प्रशासकीय अधिकृत खटाई पठाई दिनुहुन अनुरोध छ।’

महानगरले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौँ भ्यू टावरको नक्सा पास नवीकरण गर्दा अनियमितता गरेको भन्दै गुरागाईंलाई कारबाही सिफारिस गरेपछि हाल निलम्बन परेका छन्।

उनी निलम्बनमा परेपछि निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्द शर्मालाई राखिएको थियो तर उनले राजीनामा दिएपछि हाल महानगरपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन छ।

सम्बन्धित खबर

तीनकुनेबाट ७०५ थान ग्यास सिलिन्डर बरामद, कालोबजारीको आरोपमा एक पक्राउ

लक्की खबर

क्यासिनो छापा प्रकरणमा नयाँ मोड, दुई गाउँपालिका अध्यक्षको नाम जोडियो

लक्की खबर

बाढीमा बेपत्ता विकास बर्नवालको परिवारलाई सांसद चौरसियाद्वारा समवेदना

लक्की खबर