Lucky-Khabar_

बीरगञ्ज भन्सार कार्यालय अगाडि लागू औषधसहित युवक पक्राउ

२६ पुस, बीरगञ्ज। लागूपदार्थ सहित १ युवकलाई सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्म बीरगञ्जले पक्राउ गरेको छ।

बीरगञ्ज महानगरपालिका–१६ स्थित भन्सार कार्यालय अगाडि रहेको चेक प्वाइन्टमा बाराको जितपुरसिमरा उपमहानगरपालिका–१५ डुमरवाना निवासी २८ वर्षीय अनिल राईलाई कोडिन फस्फेट र ट्रिप्रोलिडिन हाइड्रोक्लोराइड युक्त १०० मिलिलिटरको प्रतिबन्धित सिरपसहित नियन्त्रणमा लिइएको हो।

राईसँग साइकलसमेत बरामद गरिएको छ। थप अनुसन्धान र आवश्यक कानुनी प्रक्रिया अघि बढाउन उनलाई प्रहरी चौकी ईनर्वामा पठाइएको सशस्त्र प्रहरी बलले बताएको  छ।

  

0Shares

content ad p2

सम्बन्धित खबर

वीरगञ्जको होटलबाट लागूऔषधसहित दुई जना पक्राउ

लक्की खबर

सातामा दुई दिन बिदा: सार्वजनिक अस्पताल आइतबार पनि बन्द हुँदा बिरामी मर्कामा

लक्की खबर

सार्वजनिक जग्गामाथि शक्तिको कब्जा: नेपालको भूमि प्रशासन संकटको भित्री कथा

लक्की खबर