Lucky-Khabar_

। अमेरिकाको लस एन्जलसमा डढेँलोबाट मुस्किलले बलिउड अभिनेत्री नोरा फतेही बचिन्

२६ पुष,काठमाडौँ । अमेरिकाको लस एन्जलसमा भएको आगलागीबाट १०० भन्दा मानिसको मृत्यु, हजारौं भवन ध्वस्त भएको र करिब  १ लाख ३० हजारभन्दा बढी मानिस आफ्नो घर छाड्न बाध्य भएका छन् ।

content ad p2

मङ्गलबार देखी  नै प्यासिफिक पालिसेड्समा लागेको विनाशकारी आगलागी तीव्र गतिमा फैलिएको छ र जसले  १५ हजार एकड भन्दा बढी क्षेत्रलाई  ध्वस्त गरिसकेको छ ।

यो  स्थानमा   सेलिब्रेटीहरूको घरहरूको लागि परिचित छ, जसमध्ये अधिकांश हलिउड सेलिब्रेटीहरू यो राज्यमा बस्छन्। सोही क्रममा बलिउड अभिनेत्री नोरा फतेही पनि त्यहाँको जङ्गलको आगोबाट मुस्किलले  बचेकी छिन र अहिले उनी त्यहाँको घर छोडेर भागेकी छिन ।

अभिनेत्री नोराले भिडियो सेयर गरेर पुरा कुरा बताएकी छिन् । उनले आफ्नो इन्स्टाग्राममा दुईवटा भिडियो पोस्ट गरेकी छिन् । पहिलो भिडियोमा उनले जंगलमा लागेको आगो देखाइरहेकी छिन् भने दोस्रो भिडियोमा उनले कसरी आफूले आफ्नो सबै सामानहरू तुरुन्तै प्याक गरेर ज्यान बचाउनका लागि भागेकी थिइन् भन्ने कुरा बताएकी छिन् ।

फतेहीले भिडियो सेयर गर्दै भनिन्, ‘म लस एन्जलसमा छु र जंगलमा लागेको आगो निकै भयानक छ । मैले यस्तो पहिले कहिल्यै देखेको थिइन , यो आगो भयंकर बिनाशकारी छ । हामीले यहाँबाट ५ मिनेट अघि मात्रै स्थान छाडने आदेश पायौं, त्यसैले मैले चाँडै मेरा सबै सामानहरू प्याक गरे र मैले यो क्षेत्र छाडे ।’

‘अब म एयरपोर्टको नजिक जान्छु र त्यहाँ बस्छु किनकि मेरो आज उडान छ र मलाई आशा छ कि म यसलाई भेटन सक्षम हुनेछु। मलाई आशा छ कि यो रद्द हुने छैन किनकि यो सबै धेरै डरलाग्दो छ। यस्तो अनुभव मैले पहिले कहिल्यै गरेको थिइनँ। म तपाईहरुलाई अपडेट राख्नेछु। आशा छ म समयमै बाहिर निस्कन सक्षम भएको छु । र हो, मलाई आशा छ कि मानिसहरू लस एन्जलसमा सुरक्षित रहन्छन्।’

सम्बन्धित खबर

दक्षिण कोरियाबाट ४४ सदस्यीय ‘केडीआरटी’ टोली सुरुङ उद्धारमा कठिनाइ भइरहेका बेला काठमाडौं आइपुग्यो

लक्की खबर

बाढीपीडितको उद्धारमा चिकित्सकको चेतावनी: घाइते भेटिए तत्काल अपनाउनुहोस् यी जीवनरक्षक उपाय

लक्की खबर

ड्युटीमा खटिएकी महिला प्रहरीमाथि कुटपिट गर्ने युवकविरुद्ध दुई कसुरमा ५ दिनको म्याद थप

लक्की खबर