Lucky-Khabar_

वीरगंज महानगरले नहर पुरेर सडक बनाउन थालेपछि किसानहरुको विरोध

२६ पुष,बिरगंज| सिंचाइका लागि बनाइएको नहरलाई पुरेर वीरगंज महानगरपालिकाले सडक निर्माण सुरु गरेपछि किसान तथा स्थानीयबासी विरोध गरेका छन्। हजारौं किसानको खेत सिंचाइबाट वञ्चित हुने खतरा रहेको भन्दै उनीहरूले विरोध जनाएका हुन्।

content ad p2

नारायणी सिंचाइ व्यवस्थापन कार्यालय, वीरगंजको नाममा रहेको नहरको जग्गा महानगरले स्वीकृति विना नै पुरेर सडक बनाउन थालेको स्थानीयको गुनासो छ। कार्यालयको ट्रेस नक्साका अनुसार वीमनपा–१९ (तत्कालीन बर्वागोग टोल–६०) स्थित टर्सरी नहरको कित्ता नम्बर २८६ को जग्गा सिंचाइ कार्यालयको नाममा छ।

सिंचाइ कार्यालयका प्रमुख मनोज पटेलले महानगरको यो कार्यलाई गैरकानूनी भने। “नेपाल सरकारले स्थानीय किसानहरूको खेत सिंचाइका लागि उक्त नहर बनाएको हो। हालसम्म पनि नहरबाटै खेतहरूमा सिंचाइ हुँदै आएको छ। तर, महानगरले कुनै सूचना नदिई रातारात नहर पुरेर सडक बनाउन थालेको छ,” उनले भने।


प्रमुख पटेलका अनुसार, बृजकिशोर यादवलगायत २० जनाको हस्ताक्षर सहितको उजुरी आएपछि मात्र कार्यालयले घटनाबारे जानकारी पाएको हो।

गण्डक नहर ब्लक नं ५ अन्तर्गत मूल नहरबाट बहुअरी, भौराटार, विश्रामपुर हुँदै केहुनियासम्म फैलिएको करिब एक किलोमिटर नहर महानगरले सडक बनाउने उद्देश्यले पुरिरहेको छ। यो सडक निर्माणमा करिब १ करोड रुपैयाँ लागत लाग्ने अनुमान छ।

उक्त कार्यले पर्सा जिल्लाका किसानहरूलाई गम्भीर समस्या तथा संकटमा पर्ने डर छ।

पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले किसानहरूको माग जायज रहेको बताउँदै महानगरलाई काम रोक्न निर्देशन दिएका छन्। “महानगरको काम तत्काल रोक्नका लागि प्रहरीलाई आदेश दिइएको छ,” उनले भने।

किसानहरूले पनि प्रमुख जिल्ला अधिकारीसँग भेट गरी समस्या समाधानको माग गरेका छन्। उनीहरूले सिंचाइ व्यवस्थापनलाई कायम राख्न र महानगरको एकतर्फी निर्णय खारेज गर्न आग्रह गरेका छन्।

सम्बन्धित खबर

पर्सामा वडाध्यक्ष चतुर्वेदी पक्राउपछि वीरगञ्जमा आन्दोलन चर्कियो, वडा कार्यालयको सेवा बन्द र सडक अवरुद्ध

लक्की खबर

सरकारलाई २४ घण्टे अल्टिमेटम, माग पूरा नभए विनय यादव आमरण अनशनमा बस्ने

लक्की खबर

छोराको न्यायका लागि संघर्षरत रवि पराजुलीको निधन, घाइते रिदमले दिए बुवालाई अन्तिम दागबत्ती

लक्की खबर