Lucky-Khabar_

बेलायतमा भारी हिमपात हुने चेतावनी

२५ पुस, बेलायतको मौसम विभागले  देशका धेरै भागमा हिमपात हुने चेतावनी दिएको छ। यसकाअलर्ट जारी गरेको छ।

मौसम विभागले उत्तरी आयरल्याण्ड र वेल्सका केही क्षेत्रहरूका साथै इङ्गल्याण्डको उत्तर-पश्चिमी र पूर्वी क्षेत्रहरूको लागि उक्त चेतावनी जारी गरेको छ।

यसअघि पनि विभागले उत्तरी स्कटल्याण्डका केही क्षेत्रमा हिमपातको चेतावनी जारी गरेको थियो।

बेलायतमा अत्यधिक चिसोका कारण धेरै क्षेत्रमा भारी हिमपात भएको छ।  भारी वर्षा र हिउँ पग्लिने कारणले गर्दा दर्जनौं बाढीको चेतावनी पनि जारी गरिएको छ।

मौसम विभागले चेतावनी जारी गरेका क्षेत्रहरूमा यातायात प्रभावित हुने सम्भावना छ। हिमपातका कारण बिहीबार केही समयका लागि म्यानचेस्टर विमानस्थल बन्द गरिएको थियो।

विमानस्थलले एक अपडेट जारी गर्दै केही उडानहरूको आगमन र प्रस्थान ढिलाइ हुन सक्ने बताएको छ। बीबीसी

content ad p2

सम्बन्धित खबर

दक्षिण कोरियाबाट ४४ सदस्यीय ‘केडीआरटी’ टोली सुरुङ उद्धारमा कठिनाइ भइरहेका बेला काठमाडौं आइपुग्यो

लक्की खबर

बाढीपीडितको उद्धारमा चिकित्सकको चेतावनी: घाइते भेटिए तत्काल अपनाउनुहोस् यी जीवनरक्षक उपाय

लक्की खबर

ड्युटीमा खटिएकी महिला प्रहरीमाथि कुटपिट गर्ने युवकविरुद्ध दुई कसुरमा ५ दिनको म्याद थप

लक्की खबर